तामाङ सेलो गीत संगीत क्षेत्रमा पद्म मोक्तानको पहिलो प्रयास शिर फूल सार्वजनिक भएको छ । शनिबार सो सेलो गितको वरिष्ठ कलाकार चन्द्रकुमार दोङले काठमण्डौ बनस्थली बर्गर हाउसमा एक कार्यक्रमका बीच सार्वजनिक गरेका हुन् ।
चर्चित गायक एवं बरिष्ठ संगितकार दोङको संगितमा रहको सो गीतको शब्द पद्म मोक्तानको रहेको छ । अत्यन्तै नयाँ र दर्शक तथा श्रोताको मन तान्ने खालको सो गीत सोनाम ल्होछारको उपलक्षमा बजारमा ल्याएको छ । मोक्तानको पहिलो प्रयास भएपनि सेलो क्षेत्रमा यसले नयाँ आयाम थपिएको छ । गीतमा निर्माला घिसिङले स्वार दिएको छ भने मोडलिङ रोहनी लामाले गरेकी छिन् । साथै फनिन्द्र राईले एरेन्ज गरेकाछन् भने मिक्सिङ सुमन खड्काले गरेका छन् ।
गितको कोरियोग्रफी भने अजय स्याङतनले गरेका छन् । शनिबार युट्युब मार्फत सार्जनकि गरिएको सो गीतको भिडियो सुटिङ काठमण्डौको चोभारमा गरिएको गित रचनाकार मोक्तानले जानकारी दिए ।
यस्तो छ गीतः
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।

























