भक्तपुर  । गायिका सिरी लोप्चन र गायक खेम मोक्तानको तामाङ सेलो “ल्हास्सो मैच्याङ” बोलको गीत सार्वजनिक भएको छ।

तामाङ समुदायको राष्ट्रिय पर्व सोनाम ल्होछारक‍ो पवन शुभ अवसरमा उक्त तामाङ सेल‍ ल्हासो मैच्याङ बजारमा ल्याएको छ।

तामाङ कलाकार संघका अध्यक्ष एंव लोकप्रिय गायक तथा संगीतकार विश्व दोङको शब्द,संगीत रहेको गीतमा गायिका सिरी लोप्चन र खेम मोक्तानको आवाज रहेका छन् ।

उक्त गीतको भिडियोमा गायक तथा मोडल खेम मोक्तान र चर्चित नायिका सुस्मा मोक्तानले मुख्य भुमिका निर्वाह गरेको छ। भने अन्य धेरै कलाकारहरुले पनि साथ दिएका छन् ।

निर्देशक अजय स्याङतनले निर्देशन गरेको उक्त भिडियोको छायांकन विक्रम मोक्तानले गरेको हो भने संगीत संयोजक दिपेश प्रधानको रहेका छन् ।

काठमाडौंको विभिन्न रमणीय स्थलमा छायांकन गरिएको उक्त गीतको सह(कोरियोग्राफी नरेन मोक्तानको रहेका छन्।

सिरी लोप्चनको आफ्नो अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेको हो।
भिडियो हेर्नुस् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।