भक्तपुर ।२८५८औं सोनाम ल्होछार तामाङ समुदायको राष्ट्रिय पर्व तो ल्होको शुभ अवसरको उपलक्ष्यमा नयाँ सोनाम ल्होछार गीत “डम्फू ह्राब्सी”बोलको गीत बजारमा सार्वजनिक भएको छ।

डम्फूले तामाङको संस्कृति र संस्कार बोकेको हुन्छ ।डम्फू तामाङ जातिको आस्था हो। विशेष गरेर डम्फूलाई तामाङ समुदायको एक खम्बाका रुपमा परिचित ताम्वा म्हे-म्हेले बजाउने चलन छ।

तामाङ समुदायको अाफ्नै छुट्टै भाषा, धर्म,संस्कार र संस्कृति छन् ।तरपनि तामाङ समुदायले सोनाम ल्होछारलाई राष्ट्रिय संस्कृतिक पर्वको रुपमा मनाउँदै आइरहेका छन् ।उक्त सोनाम ल्होछारलाई विशेष प्राथमिकतामा राखेर गीतलाई निर्माण गरेको निर्माण पक्षले बताएको छ।

चर्चित लोकप्रिय गायक तथा संगीतकार विशाल काल्तनको संगीतमा रहेको गीतमा गायकद्वाय विशाल काल्तन र चर्चित गायिका जितु लोप्चनको मिठास तथा सुमधुर अावाजमा रहेको छ भने उक्त गीत अनु लामाले रचना गरेका थिए।

सो गीतको एरेञ्ज र मिक्सिङ वरिष्ठ एरेञ्जर दिपेस प्रधानले गरेको गीतलाई चर्चित गायक तथा संगीतकार विशाल काल्तनको अफिसियल च्यानलबाट सार्वजनिक गरेको छ।
गीत सुन्नु होस् ।

Comments

comments