काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाका १२ सय ५८ विद्यार्थीले कोभिड–१९ विरुद्धको खोप लगाएको छ । गाउँपालिकामा गत माघ १६, १७ र १८ गते गरी ३ दिने कोभिड–१९ विरुद्ध खोप अभियानको क्रममा १ देखि १७ वर्ष समूहका विद्यार्थीहरुले खोप लगाएका हुन् ।

गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख तेज घिसिङका अनुसार चौंरीदेउराली गाउँपालिकाको ९ वटै वडामा यो अभियान सञ्चालन गरेको थियो । अभियानमा महिला ६ सय ५४ र पुरुष ६ सय ४ जनाले खोप लगाएका छन् ।

स्वास्थय प्रमुख घिसिङका अनुसार वडा नं. १ मा महिला २२ र पुरुष ३२ गरी ५४ जना, वडा नं. २ मा महिला १२४ र पुरुष १०१ गरी २२५ जना, वडा नं. ३ मा महिला ८५ र पुरुष ६३ गरी १४८ जना, वडा नं. ४ मा महिला ७९ र पुरुष ९३ गरी १७२ जना, वडा नं. ५ मा महिला ९३ र पुरुष ८५ गरी १७८ जना, वडा नं. ६ मा महिला १२४ र पुरुष १०२ गरी १२६ जना, वडा नं. ७ मा महिला ५८ र पुरुष ४५ जना गरी १०३ जना, वडा नं. ८ मा महिला ६१ र पुरुष ७१ जना गरी १३२ जना, वडा नं. ९ मा महिला ८ र पुरुष १२ गरी २० जनाले कोभिड–१९ विरुद्ध खोप लगाएका छन् ।

चौंरीदेउराली गाउँपालिकामा सो उमेर समूहका १४ सय ३८ जना विद्यार्थी रहेकोमा १ सय ८० जना विद्यार्थी भने खोप लगाउन छुटेको छ । उनीहरु खोपकेन्द्रमा नआएको र कोही भने गाउँ छोडेर शहर तिर रहेकोले छुटेको हुनसक्ने उनले बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।