बच्चैदेखि गायक बन्ने लक्ष्य । जता पुगेपनि गीन गुनगुनाउने । बाख्रा चराउन होस्, या विद्यालय जाँदा, मुखमै तामाङ सेलो । उनी हुन् काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. ७ निवासी साङ्गे लामा ।

गाउँमा ‘क्यासेट’ बजाउने चलन । अग्रजहरुले ‘क्यासेट’ बजाउने वित्तिकै रमाउँदै त्यहीं क्यासेटमा गाएको तामाङ सेलो गाउँथे साङ्गे ।

चापाखोरीमा रहेको श्री राधा कृष्ण माध्यमिक विद्यालयमा अध्यन गरेका साङ्गे आफ्नो पढाइ सकिने बित्तिकै सांगतिक क्षेत्रमा लाग्ने उनको योजना बन्यो ।

यसैक्रममा बि.स. २०७२ साल देखि साङ्गितिक क्षेत्रमा लाग्नका लागि उनी शहर (याम्बु) छिरेका थिए । शहर प्रवेश गरे लगतै साङ्गितिक अनुभवहरु बटुल्दै २०७४ सालमा ‘बादलपारी’ नामक एल्बम निकाल्न उनी सफल भए । पहिलो एल्बमको रुपमा बजारमा ल्याएको यस गीतका लेखन साङ्गे लामा आफै र जनक थोकरले गरेको थिए ।

यो गीतको संगीत भने धन दोङ तामाङ र संयोजन बुद्ध स्याङ्बाको रहेको थियो ।

हरेक कार्यमा कसैन कसैको सहयोगको आवश्यकता पर्छ, तर संगीतिक क्षेत्रबाट खासै आर्थिक लाभ नहुने देखेकोले या के कारण होला, साङ्गेको साथ दिने मान्छे कोही भएनन् । भर्खर विद्यालय स्तरको पढाइ सकेर शहर पसेको उनी कसैको सहयोग नपाउँदा पनि हिम्मत भने हारेनन् । निरन्तर लागि रहे । जीवन संघर्ष हो भन्ने बुझेर निराश उनमा पैदा नै भएन ।

यसैबीचमा उनले २०७७ सालमा दोश्रो एल्बम ‘सुन्तला रोटीबा’ बजारमा ल्याए । यो तामाङ सेलोको शब्द धनराज लामाको थियो । संगीत आफ्नै रहेको सो गीतमा साङ्गे आफै र जितु लोप्चनको रहेको छ ।

यो पटक भने उनले केही व्यक्तित्वहरुको सहयोग पाए । सहानुभुति र प्रत्यष सहयोग पाएपछि उनी अर्षित भए । सत्यमान तामाङ दोङ, नीर लामा, सोनाम थिङले उनलाई आर्थिक सहयोग गरेको थियो ।

गीत संगीतले पनि समाजलाई एउटा सकारात्मक बाटोमा डोहोर्‍याउन मद्दत पुग्ने देखेर आफू यो क्षेत्रमा लोगेको उनी बताउँछन् । भविष्यमा सफल होला नहोला त्यो आफूलाई सरोकार नरहेको तर तामाङ गीत संगीतलाई विकास र सम्बद्र्धन गर्दै भावि पुस्तालाई पनि पाठ सिकाउन आफू लागेको बताउँछन् । ‘मैले गीत संगीतमा मानिसको जीवन देखेको ‘मैले गीत संगीतमा मानिसको जीवन देखेको छु । समाजलाई गीत संगीतले पनि सकारात्मक बाटोमा डोहोर्‍याउँछ ।’ साङ्गेले भने, ‘सफल र असफल जीवनको मुख्य पाटो नै हो, तर म तामाङ गीत संगीतको निरन्तर विकास र प्रवद्र्धनमा लागेर भावि पुस्तालाई समेत पाठ सिकाउनेछु ।’

तेमाल गाउँपालिका स्थित चापाखोरी गाउँको प्रथम गायकको रुपमा उभ्याएको साङ्गेले आफू अगाडि बढ्न चाहँदा खुट्टा तान्ने गरेको तीतो यथार्थ पनि बोकेको बताउँछन् । ‘तामाङ साङ्गितिक दुनियाँमा केही गर्छु भन्नेलाई सहयोग होइन, असहयोग, माथी उचाल्ने होईन कसरी हुन्छ खुट्टा तानेर तल खस्काउन खोजेको मात्रै पाईयो ।’ साङ्गेले भन्छन्, ‘यो दुःखद हर्कत देखेर म निराश भएको छैन । झन अगाडि बढ्ने प्रेरणा मिलेको छ । त्यसैले त मैले दुइटा एल्बम निकाल्न सके त ।’

हामी मानव भएकोले दानबको जस्तो हर्कत नगर्न पनि उनले सझाउँछन् । ‘आखिर खाने भात नै हो, जाने घाट नै हो, घमण्ड किन ?’ उनी भन्छन् ।

अब साङ्गेले चाँडैनै तेस्रो कोसेली लिएर आउने बताउँछन् । नाम समेत जुराई सकेका छन् उनले । ‘घर मेरो तेमाल चापाखोरी’ नामको तामाङ सेलो अब चाँडै बजारमा ल्याउने उनको योजना छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।