काठमाडौं । नेपाल राष्ट्रिय तामाङ घेदुङबाट २८५८औं सोनाम ल्होछार ताग च्यान (बाघ) ल्होको शुभकामना आदान- प्रदान कार्यक्रम तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
तामाङ समुदायको राष्ट्रिय पर्व सोनाम ल्होछार बुधबार राष्ट्रिय तामाङ घेदुङका सांस्कृतिक भवन बुढानिलकण्ठ चपाली हाईट काठमाडौंमा गरेको हो।
तामाङ जातिको आफ्नै पहिचान र,समृद्ध तामाङ समाज निर्माण गर्ने राष्ट्रिय तामाङ घेदुङको महाअभियान” भन्ने मुल नाराका साथ मनाएको ल्होछारको उद्घाटन पुर्व मन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य रेशम लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे ।
लाङ ल्हो (गाई)वर्षको बिदाई, च्यान ल्हो बाघ वर्षको स्वागत गर्दै समस्त ल्होछार प्रेमीहरुलाई प्रमुख अतिथि रेशम लामाले शुभकामना व्यक्त गरेको थियो।
ल्हो को अर्थ वर्ष, छारको अर्थ नयाँ वर्षको को रुपमा भव्य रुपमा देश तथा विभिन्न देशहरूमा सोनाम ल्होछार मनाई रहेको बताउदै यो च्यान ल्हो बाघ वर्ष सोनाम ल्होछारलाई तामाङ समुदायले सदा झै टुँडिखेलमा मनाउन नसकेको जानकारी अध्यक्ष वीर बहादुर योञ्जनले दिएका छन् ।
कोभिडको कारणले तामाङ समुदायले यो वर्ष सहित ३ वर्षसम्म केन्द्रित रुपले मनाउन पाएका छैन।
विशेष अतिथि पुर्ब मन्त्री पर्शुराम तामाङ, ३ नम्बर प्रदेश सांसद हिमाली गोले, नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य तथा युवा नेता गणेश लामा, नेपाली काङ्ग्रेस का युवा नेता सानू तामाङ, विशेष अतिथि विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ , विशेष अतिथि डि आई जि बसन्त लामा एस. एस. पि टेक बहादुर तामाङ ,तामाङ भाषाविद् अजितमान तामाङ,अतिथि राष्ट्रिय घेदुङका प्रमुख सल्लाहकार देब कुमार योन्जन,अतिथि तामाङ सेलो जगतका चर्चित गायक तथा संगीतकार चन्द्र कुमार दोङ ,नेपाल तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङ , तामाङ घेदुङ का केन्द्रिय सदस्य हिरा दोङ ,राष्ट्रिय घेदुङका सल्लाहकार तथा युवा नेता सुमन लामा , राष्ट्रिय घेदुङ्का सल्लाहकार तथा समाजसेवी कमल मोक्तान , र नेपाल तामाङ चलचित्र संघका उपाध्यक्ष भुइसाल लामा
अन्य संघ संस्थाका प्रतिनिधिहरु अतिथिमा उपस्थिति रहेको थिए।
उक्त शुभकामना आदान प्रदान कार्यक्रममा गायक तथा संगीतकार विश्व दोङ, आइडल बुद्ध लामा तामाङ समुदायको पहिलो र्यापार उतर लामा गायक अविशेक तामाङ लगायतका कलाकारहरु सांगीतिक प्रस्तुतिहरु राखेको थियो।
घेदुङको महासचिव प्रविन बलले सञ्चालन गरेको कार्यक्रम तामाङ राष्ट्रिय घेदुङको अध्यक्ष वीर बहादुर योञ्जनको संयोजकत्वमा सम्पन्न भएको थिए।

























