सुनिता दोङ तामाङ
वैदेशिक रोजगारको सिलसिलामा इराकमा रहेको नेपालीहरुले तामाङ समुदायको साँस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा ल्होछार साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । शनिबार नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

इराकमा रहेको तामाङ समुदायका साथ साथमा सबै समुदायका नेपालीहरुको सहभागीता रहेको उक्त साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको कार्यक्रम संयोजक एवं घेदुङका वरिष्ठ उपाध्यक्ष राजु थोकरले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रवासी एकता समाज आर्बिलका अध्यक्षसलम सिङ तामाङ रहेका थिए भने बिशेष अतिथिहरुमा एनआरएएन तथा गुरुङ समाज सुलेमानिका अध्यक्ष लाल काजी गुरुङ, कुर्दिस्तान प्रवासी नेपाली समाजका अध्यक्ष बिनोद श्रेष्ठ, हिमलयन शेर्पा युनिक ग्रुपका अध्यक्ष ठुलो कान्छा शेर्पा, दुबई रिमिट् रिमिट टु नेपालका प्रतिनिधि निमा शेर्पा, नेपाली रेस्टुरेन्ट एन्ड बारका संचालक अर्यन मोक्तान तामाङ, राम मगर, गौरीशंकर सिन्धुपाल्चोक सेवा समाजका अध्यक्ष छेवाङ लामा, नेपाली महिला समाज सुलेमानिका संस्थपाक अध्यक्ष सानु शेर्पा, कुर्दिस्तान प्रवासी कलाकार ग्रुप सुलेमानिका संयोजक सोनिय तामाङ, लामा गुरु पल्देन लामा, तामाङ गोईला सप्लाइर्सका पासाङ वङ्गेल तामाङ, एफडब्लुसीडीओ संस्थाका प्रमुख काक हाम हजार, काक बर्जन लगायतका रहेका थिए । कार्यक्रम घेदुङ अध्यक्ष राजीव थिङ तामाङको सभापतित्वमा सम्पन्न भएको थियो ।

Comments

comments