करिब तामाङ र नेपाली गरि तिन दर्जन जति फिल्मका कथा/पटकथा/ संबाद लेखन तथा नायक ऋतुराज पाख्रीन सुटुक्क बिबाह बन्धनमा बाधिनु भएको छ।
उहाँले २०१८ का मिस तामाङका सहभागी उर्मिला वाइबालाई आफ्नो धर्मपत्नी रोज्नु भएको छ । यो सच्चिकै बास्तबिक नभएर फिल्म “सेर्कु”को कुरा हो।यहि नयाँ बर्षको अबसर पारेर सुटिङ गरिएको बिशुद्ध तामाङ कलचरको वरिपरि केन्द्रित रहेर तयार पारिएको यो सेर्कु फिल्म सुटिङ सकेर हाल लोप्साङकार्पो मिडिया हाउसमा धमाधम सम्पादन भैइरहेको छ । राज कुमार मोक्तानको दोस्रो निर्देशन “सेर्कु”मा नायाक ऋतुराज पाख्रीन, सुस्मा मोक्तान , सुस्मा थिङ र उर्मिला वाईबाको प्रमुख भुमिका रहेको छ।
त्यती मात्र नभएर पहिलेका एक्दमै चर्चित पुरानो हिरोईन चाँदनी मोक्तानको पनि विशेष भुमिका रहेको छ । त्यसै गरि पत्रकार श्याम योञ्जन, चर्चित खलनायक बिकास स्याङतान, फापरे गायक बैरागी मोक्तान, चन्द्र तामाङ, योगेश मोक्तान, किरण तामाङ, गोपिराम आदिको ससक्त भुमिका रहेको छ।
यस सेर्कु फिल्मलाई रोशन फ्युबाले खिच्ने र सम्पादन गर्ने जिम्मा सम्हालेका छ्न भने रोशन फ्युबाकै नृत्य रहेको छ।दीपेन्द्र हमालको शृङ्गार अनि कथा/पटकथा/संबाद ऋतुराज पख्रीनकै रहेको छ भने राज कुमार मोक्तान र जीबन बोम्जनको शब्द, आर.बी सिङदन र राज कुमार मोक्तानले गितमा संगीत भरेका छन । अमृत लामा, जितु लोप्चन, आर. बि सिङदनले गीतमा स्वर भरेका छन।
यस सेर्कु फिल्म सुटिङ अलावा नै निकै हल्ला खल्ला गरि सबैले तारिफ गर्न योग्य भएको जानकारी सुन्नमा आएको छ।प्रीन्स मुभिज एण्ड एक्स्ट्राभेग्यान्जा ब्यानरमा निर्माण भएको यस फिल्ममा राज कुमार मोक्तान र सिद्धार्थ मोक्तान निर्माता रहेको छ भने निमा दावा रुम्बा तामाङ र तेन्जिङ सेर्पा ह्याल्मो सहनिर्मातामा रहेको छ।
राज कुमार मोक्तानको यो भन्दा अघिको फिल्म सेम ताबा म्हि फिल्म पनि निकै सफल भएको र देश देखी बिदेशमा धेरै अवार्ड पाइसकेको सफल फिल्मको रुपमा गनिन्छ । सेर्कु युनिटलाई तेमाल अनलाइनबाट सफलताको शुभकामना छ।