काठमाडौं ।सिन्धुली जिल्लाका युवा गायकको नयाँ सन्देश मुलुक नयाँ “टिकटक हेरेर”बोलको गीत बजारमा शुक्रबार सार्वजनिक भएको छ।

नेपाल कलाकार संघका अध्यक्ष विश्व दोङको प्रमुख अतिथ्यतममा एक विशेष पत्रकार सम्मेलन सेकुवा जक्सन बाैद्वमा अायोजना गरि भिडियोलाई बजारमा ल्याएको हो।

वर्तमान अवस्थामा अत्याधिक रुपमा प्रविधिको विकास भइरहेका छन् ।तर जुन प्रविधिको विकाससंगै विकृति पनि उत्तिकै भित्रिरहेका छन् । विशेषगरी युवा पुस्तामा पर्न गएको असर बारे अभिभावकहरुलाई चिन्ता रहेको देखिन्छन् ।

धनराज लामा तामाङको शब्द, कुनसाङ लोप्चनको संगीतमा तयार पारिएको गीतमा गायक सन्तोष गोले र गायिका जितु लोप्चनको स्वर रहेको छन् ।

उक्त भिडियोमा चर्चित नायक सुश्मा मोक्तान, सन्जिव गोले मुख्य भुमिका निर्वाह गरेको छ भने चर्चित हास्य कलाकार कुईसाङ रुम्वा लगायतलाई कलाकारहरुले अभिनय रहेका छन् ।

मोडल तथा निर्देशक सुर्य लामा दोङको निर्देशन तथा कोरियोग्राफिमा निर्माण गरेको भिडियोमा कृष्ण लामा ब्लोनले सहायक निर्देशक/कोरियोग्राफी गरेको छ ।

भिडियोको छायांकन बज्र ङ्यासुर र रोणिस तामाङले गरेका हुन् भने सम्पादन कृष्ण लामा ब्लोनले गरेको हो।

पत्रकार सम्मेलन विशेष चर्चित नायिका अतिथि रन्जिता तामाङ, चर्चित नायक सन्दिप स्याङतन साथै अतिथिमा सुवास मोक्तान लगायतका कलाकारहरु अतिथिको रुपमा उपस्थिति रहेको थिए।
कार्यक्रम पत्रकार छेडुप दोङले सञ्चालन गरेको थियोे भन्ने तामाङ चलचित्रका महानायक अमिर दोङको सभापतित्वमा सम्पन्न भएको थियोे ।

उक्त म्युजिक भिडियो डम्फू मिडिया हाउसको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक छ।
भिडियो हेर्नुस् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।