काठमाडौ । तामाङ र्याप क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल ग्रुप हो वाई.यस.के.को ग्रुपको नयाँ र्याप “ताम-हप ला ग्याम” सार्वजनिक शुक्रबार दिउँसो २ बजे बजारमा सार्वजनिक भएको छ।

तामाङ भाषामा वाई.यस.के ग्रुपले विगत लामो समयदेखि तामाङ र्याप गीत गाउँदै अाइरहेका छन्।आम दर्शक र श्रोताहरु बीचमा यस ग्रुपले रेवन चस्मा मिरी ङाला बोलको गीत पछि यस नयाँ गीत ल्याएको हो।

यो गीत ग्रुपको संयुक्त शब्दमा तयार पारिएको यस गीतको संगीत ग्रुपको नै रहेको छ । युवा र्यापर याङ्सङ, साङ्डुप, कवाङ, कर्म, शशिकला मोक्तान र नव र्यापार सरिता दोङ पनि आवाजमा रहेका छन् ।

यस ग्रुपले तामाङ र्याप दुनियाँ आफ्नो छुट्टै क्रेज बनाउन सफल भएका छन् ।नयाँ “ताम-हप ला ग्याम”बोलको गीतमा भने ग्रुपको सदस्य कर्म को ईन्ट्री भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा देश बाहिर रहेको कर्म रेवन चस्मामा देखेको थिएन । कर्मको ईन्ट्री सङ्गै ताम-हपमा भने ग्रुपको सबै सदस्य हरु समेटिएका छन् ।

यस गीतको भिडियोमा सारा खबरका पत्रकार  मिलन लामा दोङ पनि पत्रकारको भुमिका निर्वाह गरेको छ । र्यापको दुनियामा एकले अर्कालाई डिस हान्ने मुख छाड्ने र गाली गलौज गर्नेहरुका लागि भने यो गीतले सकारात्मक सन्देश दिन खोजिएको अनुमान लगाउन सकिन्छ ।

ताम-हप ला ग्याम बोलको तामाङ र्याप गीत YSK Group को युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस…

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।