तामाङ भाषाको गीत संगीत क्षेत्रमा फेरि एउटा नौलो र फरक ढंगको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुन्दर जोडीको प्रेम छचल्किएको ‘ज्यूम नेसी’ नामक म्युजिक भिडियो शनिबार एक कार्यक्रमका बीच सार्वजनिक भएको हो ।

कुङ्ग होइसेर (दिपक) तामाङको निर्माणमा रहेको ‘ज्यूम नेसी’ बौद्ध जोरपाटी स्थित याङरीमा हिलसिटी होटलमा सार्वजनिक भएको थियो ।

तामाङ सुपर स्टार डम्फु मिडियाको अफिसियल युट्युब मार्फत सार्बजानिक गरीएको यो गीत सिन्धुपाल्चोक र दोलखाको सिमानामा पर्ने खरीढुंगा स्थित फिल्म सिटीमा छायंकन गरीएको निर्माण पक्षले जानकारी दिएको छ ।

‘ज्यूम नेसी’ गीतको शब्द टुल्कु लामा, संगीत छेडुप लामा मोक्तान, स्वर मनिक तामाङ र रश्मी तामाङ दोङ, एरेन्ज रोशन लामा, मिक्सिङ दिपेश प्रधान को रहेको छ भने अभिनयमा विकास दोङ तामाङ र निरान्जली लामा, छायांकन बज्र न्यासुर, नृत्य हेरुका लामा, कथा छेडुप दोङ तामाङ, सम्पादन तथा निर्देशन अमिर कुमार दोङको रहेको छ ।

‘ज्यूम नेसी’ अभिनयमा विकास दोङको शसक्त अभियानय रहेकोछ । उनको अभिनय पुराना कलाकारहरुको भन्दा कम देखिदैन ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेको एमालेका केन्द्रिय सदस्य रेशम लामाले सांगीतिक क्षेत्र भनेको आम नागरिकलाई मात्र नभएर राजनिति र समाजसेबा गर्नेहरुलाई समेत झकझकाउने एउटा राम्रो माध्यम रेहेको बताउँदै गीत संगीतले पनि देशको परिवर्तनमा महत्वपुर्ण भुमिका खेल्न सक्ने बताए ।

यसैबीच नमोबुद्ध नगरपालिका वडा नं. ५ का वडाध्यक्ष बुद्धसिंह तामाङले आफ्नो छोराले यो क्षेत्रमा हात हालेकोले शुभकामना दिनु आफ्नो कर्तब्य भएको भन्दै बुबा आमाले दिएको शिक्षा भन्दा पनि समाजले दिएको अवसरलाई रुचाउने पुस्ताको उदय भएकोले आफ्नो सन्तान डाक्टर, पाईलट, ईन्जिनियर, सिए बनोस् भन्ने चाहना भएपनि सबैको त्यस्तो हुन नसक्ने बताए ।

कार्यक्रम तामाङ सुपर स्टार डम्फु मिडियाका अध्यक्ष तथा तामाङ चलचित्रका नायक अमिर कुमार दोङको सभापतित्वमा भएको सो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य नेता रेशम लामा, सेलो किङ चन्द्र कुमार दोङ, तामाङ कलाकार संघका अध्यक्ष बिश्व दोङ लगाएत ब्यक्तित्वहरुको सहभागीता रहेको थियो ।

साथै कार्यक्रमको संचालन तेमाल अनलाइनका कार्यकारी सम्पादक सुदिन दोङले गरेका थिए भने स्वागत मनतब्य नमोबुद्ध न्युजका प्रधान सम्पादक छेडुप दोङले राखेका थिए ।

भिडियो हेर्नुहोस्ः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।