भक्तपुर ।नेपाल राष्ट्रिय तामाङ साँस्कृतिक घेदुङको ५ वार्षिक साधारणसभाबाट साँस्कृतिक घेदुङका अध्यक्षमा अविशेक तामाङ भएको छ।

नेपाल राष्ट्रिय तामाङ घेदुङको अध्यक्ष वीर बहादुर योञ्जनको प्रमुख अतिथि शनिबार भक्तपुर सुर्यविनायकमा सम्पन्न भएको साधारणसभाबाट अविशेक तामाङको अध्यक्षतामा २७ कार्यसमिति चयन भएको छ।

उक्त साधारणसभाको निर्वाचन मण्डलका अध्यक्ष चन्द्रकुमार दोङ, विश्व दोङ र कुमार मोक्तान रहेको समितिबाट अध्यक्षमा अविशेक तामाङ,वरिष्ठ उपाध्यक्ष जगत घिसिङ,उपाध्यक्ष निमा दोङ,उपाध्यक्ष,राम कुमारी तामाङ ,महासचिव बसन्ती लामा,सचिव विहिन लामा दोङ,सह सचिव प्रिय रानी लामा,कोषाध्यक्ष सुनिता दोङ,सदस्यहरुमा अनिस वाइवा अनिस योञ्जन,आदित्य लामा,उर्मिला वाइवा, मानिका योञ्जन ,लाक्पा लामा,सम्झना घिसिङ ,प्रिया थोकर,शुशिला दोङ,दिपाशा दोङ, जे.वी जिम्वा,सुनिता योञ्जन,पेमा लामा ,प्रमोद मोक्तान ,मदन घ्लान,अनिता गोले,अभि लामा,कविता दोङ,प्रतीक ङ्यासुर र प्रतीक ब्लोन समितिमा रहेका छन्।

विशेष अतिथि युवा नेता समाजसेवी रविन्स लामा, वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङ, तामाङ राष्ट्रिय घेदुङकम महासचिव प्रविण वल ,तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङ, तामाङ चलचित्र संघका अतिथि कुमार मोक्तान, विकास ब्लोन, कर्म लामा वाविता योञ्जन लगायतका अतिथिहरुको उपस्थिति रहेको थियोे ।
उक्त कार्यक्रम पुर्व अध्यक्ष शुक्र दोङको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रम जगत घिसिङले सञ्चालन गरेका थिए।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।