काठमाडौं ।समाजसेवी तथा कलाकार असमान वाइवाको नयाँ तामाङ सेलो गीत “गुराँस फुल्यो” सार्वजनिक भएको छ।
युवा नेता तथा समाजसेवी प्रेम लामाको प्रमुख अातिथ्यतामा नयाँबस्ती बर्गर हाउस नयाँबस्ती बाैद्वमा एक विशेष पत्रकार सम्मेलनको आयोजना गरि उक्त म्युजिक भिडियोको विमोचन गरेका थिए।
दावा के शेर्पाको शब्दमा प्रकाश तितुङ तामाङको संगीत रहेको गीतमा गायक तथा संगीतकार प्रकाश तितुङ तामाङ र प्रेमा तामाङ आवाज रहेको छ।
उक्त म्युजिक भिडियोमा समाजसेवी तथा मोडल अासमान वाइवा तामाङ र नायिका स्यामु स्याङतनले मुख्य अभिनय रहेका छन् ।भिडियो निर्देशन र कोरियाग्राफी हेरुका लामाले गरेको थिए भने छायांकन इडिट र कलर पक्ष सुमन तामाङले गरेको हो। ड्रोनमा क्याप्टेन विशाल तामाङ रहेको थिए।
उक्त सेलो गीतको एरेञ्ज चाँद सि ले गरेका थिए भने अडियो मिक्सिङ दिपेश प्रधानले गरेको हो।
उक्त पत्रकार सम्मेलनमा विशेष अतिथि चर्चित नायिका चादनी मोक्तान,राष्ट्रिय संगीतकर्मी संघ रसुवाका अध्यक्ष तथा नायक दावा फिन्चो तामाङ ,समाजसेवी सरोज लामा घिसिङ,अतिथिमा गायक तथा संगीतकार प्रकाश तितुङ तामाङ, मदन ग्लान, प्रकाश लामा लगायतका अतिथिहरुको उपस्थिति रहेको थियोे ।
यस गीत जिग्मे मिडियाको अफिसियल च्यानलबाट बजारमा सार्वजनिक गरेको हो।
भिडियो हेर्नुस्

























