काठमाडौं । १४ औं मिस तामाङ संस्करणबाट रञ्जना लामा
विजेता बनेकी छिन् ।
माननीय संसद नविना लामाको प्रमुख अतिथिमा मम्स इन्टरनेसनल नेपालद्वारा अायोजित मिस तामाङ २०२२ राष्ट्रिय सभागृहमा शनिवार सम्पन्न भएको हो।
तामाङ भाषा, धर्म, कला संस्कृति, भेषभुषाको संरक्षण तथा प्रबर्द्धन गर्ने उद्देश्यले १४औं संस्करण मिस तामाङ–२०२२ को मम्स इन्टरनेसनल नेपालद्वारा अायोजना गरेको मिस तामाङ २०२२को १४औं मिस तामाङको उपाधि सोलुखुम्बुकी रञ्जना स्याङ्बो तामाङले पहिरेकी छिन्।
मिस तामाङ प्रतियोगितामा १६ प्रतिस्पर्धीलाई पछि पार्दै रञ्जना विजेता बनेकी हुन्। रञ्जनालाई मिस तामाङ २०२१ की विजेता सफलता तामाङले ताज पहिरिदिइन्।
रञ्जनाले उपाधिसँग एक लाख नगद पुरस्कार तथा गिफ्ट ह्याम्पर प्राप्त गरिन्। प्रतियोगितामा काभ्रे तेमालकी पूजा तामाङ फस्ट रनर अप भइन्। उनले ५० हजार नगद पुरस्कार हात पारिन्।तेमालकै डिजी लोप्चन भने सेकेन्ड रनरअप भएकी थिए ।
मिस तामाङ कार्यक्रममा मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठ, एक नेपालका अध्यक्ष केडी मोक्तान, मिस तामाङ २०१७ पिंकी घिसिङ, फिल्म निर्देशन राज किङ वाइबा, माया फाउन्डेसनका अध्यक्ष डा दिलबहादुर थोकर प्रतियोगिताका निर्णायक थिए।
कार्यक्रममा विशेष अतिथि माननीय शान्ति पाख्रिन सडक विभागका कुमार तामाङ, नेपाल सरकारका पूर्व सचिव धनबहादुर तामाङ, लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा तामाङ चलचित्रका महा नायक अमिर दोङ र सुश्मा मोक्तान गायक सन्जोक योन्जन र कुन्साङ वाइबाले सांगीतिक प्रस्तुती राखेका थिए।
मम्स इन्टरनेसनल नेपालका अध्यक्ष रन्जिता लामाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम कोरियोग्राफी रोजिन शाक्य र सृजना पाख्रिनले संचालन गरेका हुन् ।

























