सुनिता दोङ तामाङ / इराकमा रहेको नेपालीहरुले शेर्पा समुदायले मनाउँदै आएको २१४९ (छु फो तक लो) अर्थात बाघ बर्ष ग्याल्पो ल्होसारको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । विविध संस्कृतिक कार्यक्रमका साथ नेपालीहरुले शुभकामना आदान प्रदान गरेका हुन् ।

कार्यक्रम ठुलो कान्छा शेर्पाको सभापतित्वमा र बिनोद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । साथै कार्यक्रममा बिशेष अतिथिहरू कुर्दिस्थान प्रवासी समाज सुलेमानिका पदाधिकारीहरु, नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकका पदाधिकारीहरु, एफडब्लुसीओका चेयर मेन, महिला समाज सुलेमानि विभिन्न संघ सस्थाका पदाधिकारीहरु रहेका थिए । कार्यक्रमको प्रायोजन एक्सचेन्ज मनी ट्रान्सफरले गरेको थियो ।

कार्यक्रम सव्य र भब्य रूपमा सफल भएको कार्यक्रम संयोजक निमा शेर्पाले जानकारी दिए । ग्यल्पो ल्होसार बौद्ध धर्मलम्वी पात्रो अनुसार नयाँ सालको पहिलो दिनलाई लोसारको रुपमा मनाईन्छ । यो ग्याल्पो ल्होसार शेर्पा, लामा तथा भोटे समुदायहरुले मनाइन्छ । शेर्पा ल्होसार १० औ महिना अर्थात फागुन महिनामा पर्दछ । प्राकृतिक रुपमा सूर्य उत्तर दिशा फर्कने, रुख विरुवाको नयाँ पालुवा फेरिने र यहाँबाट नै रात छोटो र दिन लामो समेत हुने खालको परिवर्तन हुने भएकोले यसलाई शेर्पा समुदायले नयाँ सालको रुपमा मनाईन्छ ।

Comments

comments