प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रथम खेलकुद प्रतियोगिता अन्तरगत पुरुषतर्फको क्रिकेटको उपाधि मकवानपुरले हात पारेको छ । सोमबार चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा धादिङ जिल्लालाई २४ रनले पराजित गर्दै मकवानपुरले उपाधि हात पारेको खेल संयोजक प्रेम बहादुर क्षेत्रीले बताए ।

मकवानपुरले २० ओभर मा ८ विकेट गुमाएर १५६ रन बनाएको थियो । मकवानपुरका खेलाडी रिजन ढकालले ४२ रन बनाएका थिए भने बलिङतर्फ धादिङका उज्वल थापाले ३ विकेट लिएको क्षेत्रीले बताए ।

धादिङले २० ओभरमा सबै विकेट गुमाउदैं १२४ रन बनाइए लक्ष्य पुरा गर्न नसके पछि मकवानपुरले २४ रनले जित्दै उपाधि हासिल गरेको छ । विजेता र उपविजेतालाई ट्रफी, पदक, प्रमाणपत्रसहित जनही ५ हजर नगद पुरस्कार प्राप्त गरेका छन् । समापन कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिव सुर्यलाल भण्डारी, बागमती क्रिकेट संघका अध्यक्ष राजु बस्नेत, क्रिकेट संघ चितवनका कार्यबहाक अध्यक्ष सुदीप पियाँ लगायतकाको उपस्थिती रहेको थियो ।

तेक्वान्दोका विजयीलाई सोमबार पुरस्कार वितरण

हेटौंडामा भएको तेक्वान्दो खेलका विजयीलाई सोमबार पुरस्कार वितरण गरिएको छ । विभिन्न तौल समूहका महिला तथा पुरुष खेलाडीका साथै तेक्वान्दोको पुन्से खेलमा पुरुष तथा महिला र समूहका विजयी खेलाडीलाई पुरस्कृत गरिएको खेल संयोजक माधब कोइरालाले बताए । प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीको प्रमुख अतिथ्यतामा पुरस्कार वितरण गरिएको थियो ।

खेलमा सबैभन्दा बढी पदक चितवनले पाएको छ । चितवनले ६ स्वर्ण, ८ रजत र ३ कास्य पदक प्राप्त गरेको छ । नुवाकोटले ४ स्वर्ण, ६ रजत र ४ कास्य पदक पाउदाँ मकवानपुरले २ स्वर्ण, २ रजत तथा ८ कास्य प्राप्त गरेको छ भने काठमाडौंले ३ स्वर्ण,२ रजत र ५ कास्य पदक प्राप्त गरेको खेल संयोजक कोइरालाले बताए ।

काठमाडौंको दशरथ रंगशालामा आइतबारर जारी एथलेटिक्स अन्तरगतका विभिन्न खेलहरु सम्पन्न भएका छन् । सिन्धुपाल्चोकको चौतारा कभर्डहलमा कराँतेका खेलहरु भएका छन् । त्यस्तै, काभ्रेको धुलिखेल खेल मैदानमा महिला फुटबल खेल सुरु भएको खेल संयोजक कल्पना शर्माले बताइन् । ९ गतेदेखी भने काभ्रेमै बक्सिङ खेल प्रतियोगिता हुनेछ । सबै खेल सम्पन्न पश्चात खेलको समापन कार्यक्रम १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ ।

Comments

comments