महाभारत । काभ्रे जिल्लाको महाभारत गाउँपालिका वडा नं. ५ का सबै घरधुरीलाई शनिबार एक कार्यक्रमका बीच निःशुल्क वितरण गरेको छ ।

विद्युत नपुगेको यस वडाका लागि गाउँपालिकाको पहलमा बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रले सहयोग गरेको हो ।

सोलार वितरण वडा अध्यक्ष रविन मोक्तानले वितरण गरेका थिए । वितरण कार्यक्रममा वडा अध्यक्ष मोक्तानले सोलारको सदुपयोग गर्न स्थानीय जनता समक्ष अनुरोध गरेका थिए ।

काभ्रेका कर्णाली भनेर चिनिने महाभारत गाउँपालिकाको यस वडामा अझै पनि विद्युत नपुगेका कारण जनजीवन कष्टकर रहँदै आएको छ । सोलार वितरण गरेपछि स्थानीय जनता खुशी भएका छन् ।

यस वडामा ३ सय ७४ घर धुरीलाई सोलार वितरण गरेको छ ।

Comments

comments