काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकामा तेस्रो अध्यक्ष गोल्डकप सञ्चालन हुने भएको छ । गोल्डकप आगामी चैत्र १५ र १६ गते हुने गोल्डकप संयोजक तथा वडा नं. १ का वडा अध्यक्ष राजु आले तामाङले जानकारी दिएका छन् ।

गोल्डकपमा आकर्षक पुरस्कारको समेत व्यवस्था गरेको छ । जस अनुसार प्रथम पुरस्कार रु. एक लाख रुपयाँ, शिल्ड, मेडल, प्रमाण पत्र, द्वितीय पुरस्कार रु. पचास हजार रुपयाँ, शिल्ड, मेडल, प्रमाणपत्र र तृतीय पुरस्कार रु. पच्चीस हजार रुपयाँ, शिल्ड, मेडल, प्रमाण पत्र प्राप्त गर्नेछ ।

वडा अध्यक्ष तामाङका अनुसार खेल तीर्थ स्मृति खेल मैदान, क्यौरेनीमा हुने छ भने खेलमा जम्मा ९ वटा टिमले प्रतिस्पर्धा गरिनेछ ।

Comments

comments