काठमाडौंको स्वयम्भू स्थित भगवानपाउमा ‘मिठो दालभात घर’ ग्रेन्ड ओपनिङ हुने भएको छ । ‘मिठो दालभात घर’ का सञ्चालन तथा सफल युवा व्यवसायी नेरु लामाका अनुसार शुक्रबार ग्रेन्ड ओपनिङ हुन लागेको हो ।

‘मिठो दालभात घर’ मा मिठो अनि स्वस्थ खानेकुराको राम्रो व्यवस्था गरेकोले सबै नेपालीहरुको रोचाइ बन्नेमा सञ्चालक लामाले विश्वास लिएका छन् ।

‘बच्चादेखि बृद्ध–बृद्धा, रोगीदेखि निरोगीसम्मका नेपाली खानाका पारखीहरुले यहाँ मिठो खानाको स्वाद लिन सक्नुहुनेछ ।’ लामाले भने, ‘ग्रेन्ड ओपनिङ कार्यक्रम विहान ११ बजेदेखि राती ९ बजेसम्म हुनेभएकोले सहभागी हुन र नेपाली खानाको स्वाद चाख्न अनुरोध गर्दछु ।’

Comments

comments