काठमाडौं । नेपाल तामाङ कलाकार संघ र ताम्साालिङ टिभीको सह-आयोजनामा तामाङ कलाकार संघका संस्थापक कोषाध्यक्ष तथा चर्चित गायिका स्वर्गीय योगिता मोक्तानको स्मृति सभा तथा योगिता मोक्तान प्रतिभा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।

उक्त स्मृति सभा कार्यक्रम शनिबार काठमाडौं बाैद्व जोरपाटी स्थिति याङरिमा हिल सिटि होटलमा तामाङ लोकसेलो सम्राट चन्द्रकुुमार मोक्तानको प्रमुख अतिथिमा सम्पन्न भएको हो।

रसुवा जिल्लाको स्याम्प्रु बेसीमा बुवा वीरबहादुर मोक्तान र आमा नीरा कुमारी गुरुङको कोखबाट विक्रम संवत् २०४० सालमा जन्मिनु भएको योगिता मोक्तान सांगीतिक क्षेत्रमा निकै चर्चा कमाएको थियोे ।

२०५५ सालबाट आफ्नो गायिका क्षेत्रमा सुरुवात गरेकी योगिताले छोटोे समयमै आम दर्शकहरुको मन जित्न सफल भएकी थिइन्
स्व.योगिता एकदमै निडर स्वभावका र अनुशासित थिए।

देशमा सशस्त्र जनविद्रोह चलिरहेको बेला तत्कालीन द्वन्द्वकाल २०५८ सालमा योगिताको बुवालाई शाही नेपाली सेनाद्वारा निर्ममतापुर्वक हत्या गरेपछि स्व.योगिता मोक्तान सशस्त्र युद्धमा समेत होमिएका थिइन् ।

संघका वरिष्ठ उपाध्यक्ष विशाल काल्तनले स्वागत मन्तव्य राखेका थिए भने स्व: योगिता मोक्तानप्रति एक मिनेट माैंन धारण गरेर कार्यक्रमको उद्घाटन गरेको थियोे ।

स्व:गायिका मोक्तानले तामाङ, नेपाली गीत संगित क्षेत्रमा गरेको योगदानको कदर स्वरुप कार्यक्रम आयोजना गरिएको नेपाल तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङले बताए ।

गायिका मोक्तानको सम्झनामा कलाकार संघले नगद पुरस्कार रु १५ हजार रुपैयाँ तथा सम्मान पत्रबाट गीत संगीतमा निकै सम्भावना बोकेकी गायक अञ्जु लामा थोकरलाई सम्मानित गरेका थियोे

उक्त कार्यक्रमका विशेष अतिथि राष्ट्रिय तामाङ घेदुङका महासचिव
प्रविन बल,विशेष अतिथि नेपाल तामाङ कलाकार संघका सल्लाहकार सञ्जिव वाइवा, अतिथि अतिथि रोज मोक्तान, इन्दिरा योञ्जन , तम्वा संघका अध्यक्ष दावा वाङगेल, राष्ट्रिय तामाङ साँस्कृतिक घेदुङका अध्यक्ष अभिषेक तामाङ साथै स्व: गायिकाकी आमा निरा कुमारी गुरुङ साथै सम्पुर्ण परिवार लगायत विभिन्न संघ,संस्थाहरुको प्रतिनिधिहरुको सहभागीता रहेका थिए।

कार्यक्रम नेपाल तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङको सभापतित्वमा सम्पन्न कार्यक्रम संघका महासचिव रोशन फ्युपाले सञ्चालन गरेको थियोे ।

Comments

comments