कलाकार विकु थोकरले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । आगामी बैशाख ३० गते हुने निर्वाचनमा थोकरले काभ्रेको रोशी गाउँपालिकाबाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत उनले उम्मेदवारी घोषणा गरेको छन् ।

सामाजिक सञ्जालमा भनिएको छः ‘गठबन्धन गरि चुनाव लाड्नु नै थियो भने हिजो किन बहुदलीय प्रथाको लागि हजारौं जनतालाई बलि चढाउनु प¥यो ? त्यसैले आगामी चुनावसम्ममा स्वस्थ्यले साथ दियो भने मेरो जन्म स्थल काभ्रे जिल्लाको रोशी गाँउपालिकामा कुनै पनि दलको चुनाव चिन्ह नलिने निधो सहित स्वतन्त्र उम्मेदवारी दिने समाजिक संजाल मर्फत घोषणा गर्दछु । अन्तमा स्वस्थ लाभको कामना गर्नु हुने तपाई सम्पुर्ण मित्रजनहरुमा म हार्दिक विनम्रताका साथ धन्यवाद व्यक्त गर्दै मेरो यो अभियानमा साथ दिनु हुन देश भरका देशप्रेमिहरुमा म विनम्र अनुरोध गर्दछु। धन्यवाद’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।