चर्चित गायिका सुमिना लाेको स्वरमा रहेको ‘मर्छुबरु तिमीलाई आफ्नो भन्न नपाए’ बोलको म्युजिक भिडियो बजारमा चाँडै आउने भएको छ । हालै काभ्रेको विभिन्न स्थानमा सुटिङ सकेपछि सो भिडियो बजारमा आउने भएको हो ।

शब्द कोमल शब्दको रहेको छ भने संगीत श्री थापा मगरको रहेको छ । एरेन्ज भने बालकृष्ण सेवाचार्यको रहेको छ ।

त्यसैगरी भिडियोमा कुमार लामा, सुनिता स्याङतान, पाल्मो लामाले अभिनय गरेका छन् भने निर्देशन तथा सम्पादन सुनिल कुमार मोक्तानले गरेका छन् ।

त्यसैगरि छायांकनमा जिदन वाइबा र मेकापमा सुमान संकार रहेका छन् । को म्हेन्दो मिडिया हाउसको अफिसियल युट्युव च्यानलबाट आउन लागेको सो म्युजिक भिडियो धमाधम सम्पादन कार्य भइरहेको निर्देशक मोक्तानले जानकारी दिए ।

Comments

comments