भक्तपुर ।युवा गायक तथा संगीतकार कविन्द्र तामाङको एकदमै मार्मिक गीत “दुखको भरी” बोलको नयाँ नेपाली आधुनिक गीत बजारमा सार्वजनिक भएको छ।

युवा गायक कविन्द्र तामाङको शब्द, संगीत रहेको गीतमा स्वयम् आफै र चर्चित गायिका जितु लोप्चनको आवाज रहेका छन् ।

गरिब,अशक्त दीनदुखीहरुलाई समाजिक रुपमै कयौं ठाउँमा घृणा र हेला गरेको पाईन्छ तसर्थ गीतले गरिब दुखी र अशक्तहरु प्रति सद्भाव,माया र सम्मान गरा‌ैं भन्ने खालको एउटा समाजिक रुपमा निकै सकारात्मक सन्देश दिन खोजिएको छ।

उक्त गीतको म्युजिक भिडियोमा नायिका सुस्मा मोक्तान, मिस्टर काजी लामा,प्रनिष गिरी र क्रिसला गिरीले मुख्य भुमिका निर्वाह गरेका छन् ।भने अतिथि कलाकारमा वाङदेन लामा,लकी लामा, दिनेश गिरी र प्रकाश मगर रहेको छ।

अडियो गीतको एरेञ्ज कर्साङ लामाको रहेको गीतलाई मिस्टर काजी लामाको निर्देशन गरेको भिडियोलाई छायांकन, इडिट र कलर बज्र लामाले गरेको हो।

उक्त म्युजिक भिडियो गायक कविन्द्र तामाङको अफिसियल युट्यव च्यानलबाट बजारमा सार्वजनिक गरेको छ।
भिडियो हेर्नुस्।

Comments

comments