भक्तपुर  । तामाङ सेलो जगतमा फेरि अर्को नयाँ तामाङ सेलो“डाँडा है पारी ” बोलको गीत बजारमा सार्वजनिक भएको छ।

रिजा पाख्रिनको शब्दमा लोकप्रिय गायक तथा संगीतकार विश्व दोङको संगीत रहेको गीतमा चर्चित गायक तथा संगीतकार विश्व दोङ र सुजिता योञ्जनको स्वर रहेको छ।

गीतका भिडियोमा मुख्य भूमिकामा नायक किरण लकाउल,सुस्मा मोक्तान, सुनिल मोक्तान रिजा पाख्रीन तामाङले अभिनय गरेका छन् ।भने भिडियोमा धेरै कलाकारहरुले साथ दिएक‍ो छ।

धनबहादुर तामाङले निर्देशकमा तयार गरेको  भिडियो छायांकनमा विजय योञ्जनले गरेको हो।भने कोरियाग्राफीमा प्रकाश श्रेष्ठ साथै भिडियो कलर राजेश कुमारले गरेका थिए।

यो भिडियो डम्फू मिडिया प्रा.लि को अफिसियल च्यानलबाट सार्वजनिक गरेको छ।
भिडियो हेर्नुस्

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।