चर्चित गायिका निर्मला घिसिङले नयाँ गीत ‘पिंगाई माया’ म्युजिक भिडियो सार्वजनिक भएको छ । आफ्नै युट्युब च्यानलमार्फत घिसिङले नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरेकी हुन् ।

लोक मार्ग खन्ने काम गरिरहेका कुल्ली पाल्देन र गाउँकै सोझी तामाङ युवती पिंगाईको मायाबीचको प्रेम कहानीमा आधारित रहेर उनले नयाँ गीत रिलिज गरेकी हुन् । यो तामाङ भाषाको गीत हो । घिसिङले तामाङ समुदायका विभिन्न परिवेशलाई गीतमार्फत जीवन्त प्रस्तुत गर्ने कोसिस पिंगाई माया गीतमार्फत गरेको बताएकी छन् ।

‘यो गीतको भिडियोमा हरेक कोणबाट सकेसम्म तामाङ परिवेशका विविध पक्षहरूलाई प्रस्तुत गर्ने कोशिस गरेका छौँ,′ गायिका घिसिडले भनिन्, ‘पिंगाई माया’को सम्पूर्ण टिमको मेहनतका कारणले नै आज यो म्युजिक भिडियो सम्भव बनेको छ ।′

यो गतिमा गायिका निर्मला घिसिङ र अनिश योञ्जन (च्याङबा)को स्वर छ । वुद्धि तामाड र निराञ्जली लामाले म्युजिक भिडियोमा अभिनय गरेका छन् । गीतको शब्द पनि गायिका घिसिङ आफैको रहेको छ । कथा राजु स्यङ्तानको रहेको यसको निर्देशन अजय स्यङ्तानले गरेका छन् ।

यस्ताे छ भिडियाे

Comments

comments