काभ्रे जिल्ला फुटबल संघको छैठौं अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले अध्यक्षमा पुनः विकास नारायण श्रेष्ठ चयन भएका छन् । श्रेष्ठको अध्यक्षतामा अधिवेशनबाट १५ सदस्य समिति चयन गरिएको छ ।

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा निरोज श्रेष्ठ, उपाध्यक्षमा महेश कुमार कर्माचार्य, उपाध्यक्षमा मनिस श्रेष्ठ चयन भएका छन् भने सदस्यहरुमा मनिस भोछिभोया, सुवास थापा, रोजन श्रेष्ठ, राम कृष्ण श्रेष्ठ, पारसमणी कायस्थ, विनोद शाक्य, अबोधभूषण खोजुँ श्रेष्ठ, विवेक भट्टराई, अमृत मानन्धर, अंकुर ब्याञ्जु, महिला सदस्य रसिला थापा मगर रहेका छन् ।

साथै उक्त निर्वाचित कमिटीले नेपाल फुटबल संघको विधान अन्तर्गत रही निम्न पदहरुको लागि मनोनित गरेको छ । महासचिवमा जयोज नरसिं श्रेष्ठ, सचिवमा लक्ष्मी नारायण खिबंजार, सचिवमा सुनिल कर्माचार्य, कोषाध्याक्षमा प्रभात कुमार श्रेष्ठ, सह–कोषाध्यक्षमा सुकदेव अकल र सदस्यहरुमा राम खड्गी, सुरेश गौतम, निकेश नापित, रबिन खड्गी, कृष्ण अधिकारी, कुमार सिं तामाङ, दिपेन मानन्धर, श्रीकृष्ण श्रेष्ठ, सिजन सुधाकार रहेका छन् ।

Comments

comments