भक्तपुर । मिलन मोक्तान र याङ्गी दोङले आफ्नो मायाको चिनो फोटो र रुमाल साटासाट गरेका छन् ।
हाम्रो समाजमा आफुले माया गरेका प्रेमी प्रेमिकाले मायाको चिनो अर्थात उपहार दिने चलन छ।त्यसैले यस गीतमा आफ्नो मायालुलाई उपहार दिएको दृश्य देख्न सकिन्छ ।
लोकप्रिय संगीतकार निमा दोङको शब्द र संगीतमा तयार पारेको गीतमा संगीतकारद्धय निमा दोङको साथमा चर्चित गायिका जितु लोप्चानको आवाज रहेको छ ।
बिगत लामो समय देखी तामाङ गीत संगीतमा लागेका निमा दोङले यस अघि नै दर्जनौं हिट गितहरु बजारमा ल्याईसकेका छन् ।
भिडियो तर्फ भने बिकास प्रसाई र गायक तथा संगीतकार उर्गेन दोङको संयुक्त निर्देशनमा नव मोडल मिलन मोक्तानको साथमा याङ्गी दोङले सशक्त अभिनय गरेका छन् ।
पर्यटकिय हिसाबले निक्कै सम्भावना बोकेको दोलखाको कालिञ्चोक हुंदै काभ्रेको रोशीखोलाको विभिन्न स्थल तिरको दृश्यहरु देख्न सकिन्छ ।
भिडियोको छायंकन जितु तामाङले गरेका हुन भने सम्पादन बिकास प्रसाईले गरेका हुन् ।भने बिहिवार भिडियो डम्फु मिडिया मार्फत सार्वजनिक गरिएको हो।
भिडियो हेर्नुस् ।