तेमाल गाउँपालिका वडा नं. ५ का सम्पूर्ण मतदाता आमा-बुबा, दाजु-भाई, दिदी-बहिनी तथा इष्टमित्र, आफन्ताजन हरुमा मेरो सविनय हार्दिक अनुरोध:

म हजार सिं लामा विगतको चुनवामा हजुरहरुको अपार समर्थनका बावजूद पनि झिनो मतले म र हाम्रो टीम जीत हुन बाटा चुकेको थियो । त्यही जीतबटा चुकेको भएर तपाइहरुलाई प्रत्यक्ष सेवा गर्ने अवसर बाटा बंचित भएको थियो,यसपली पनि तपाइहरुलाई प्रत्यक्ष सेवा गर्ने अवसरको मूल ढोका मलाई पार्टिले खुल्ला गरिएको र यसपालि पनि पार्टिले म र हाम्रो टीममाथि विश्वास र भरोसा गर्दै एकफेर मलाई नै दोहोर्याउने निर्णय गरिएको कुरा यहाँहरु समक्ष यसै अनुरोध मार्फत अवगत गराउन चाहन्छु । बस अब हजुरहरुको साथको मात्रै खाँचो छ। हजुरहरुको साथ र सपोर्ट मैले प्राप्त गर्नेमा म विश्वस्त पनि छु । यदि हाम्रो पार्टी र मेरो टिमले जितेको खण्डमा तपाइहरु समक्ष यी कुराहरु पूरा गर्ने प्रतिवद्धता जाहेर गर्न चाहन्छु ।

१. तेमाल ५ लाई उपलब्ध मानव संसाधनको भरपूर प्रयोग गर्दै तिब्रगतिका साथ विकास निर्माणको काम र पूर्वाधार निर्माणमा जोड दिनेछु ।

२. यस वडा भित्र रहेका मौलिक संस्कृतिक विविधतालाई उजागर गर्दै पर्यटनलाई आकर्षण गर्नको लागि समुदायमा रहेको प्रचलित खाद्य सामाग्रीको संरक्षण र प्रवर्द्धन गर्दै ठाउँ-ठाउँमा होमस्टेको अवधारणालाई अगाडि बढाउने छु ।

३. यस क्षेत्रमा रहेका लोपोन्मुख भाषा, भेषभुषा र संस्कार संस्कृतिको संबर्धन एवं प्रवर्धन गर्दै मातृभाषा संरक्षणको लागि वडा भित्रका प्रत्येक विद्यालयहरुमा प्राथमिक तहसम्म मातृभाषा शिक्षाको व्यवस्था गर्नेछु ।

४. वडा भित्र रहेका प्रत्येक विद्यालयहरुलाई बालमैत्री बनाउन खेलकूदका सामग्रीहरुको व्यवस्थापन र निर्माण गराइने छू ।

५. यस वडामा रहेका बौद्धधर्मलम्बीहरुले पुज्दै आएको गुम्बा,छ्योर्तेन,म्हाने,ककलिङ र हिन्दु तथा बौध्द दुबैले मान्ने नारायण स्थान मन्दिर गिम्दीमा रहेका भीमसेन स्थान, बोनहरुले पुज्ने ज्योहो थान र ठाउँ ठाउँमा रहेका देवीस्थानहरुको उचित संरक्षण गर्दै तीन खम्बे धर्मिक कार्यलाई प्रदर्शन र प्रचारप्रसार गरि धर्मिक पर्यटनलाई आकर्षणको केन्द्र विन्दु बनाई आन्तरिक तथा बाह्य पर्यटनलाई भित्र्याउन युवा तथा महिलाहरुलाई शीपमुलक तालिम दिएर स्वरोजगारमा टेवा पुर्याई,यस वडालाई तेमाल गाउँ पालिकाको नमुना वडाको रुपमा चिनाउने छु र तेमाल गुरु रेम्पोर्चे पदयात्रा मार्गहरुको सस्थागत प्रबर्धन र पदयात्रा मार्ग निर्माण स्वरूप रोशी-गिम्दी हुदै गेलुङ गुफा जोड्ने सिँडिको पनि निर्माण कार्य मेरै नेतृत्वमा सुरूवात भैरहेको कुरा पनि जनकारि गराउन चाहन्छु ।

६. यस वडामा रहेको वनजंगल समुदायले संरक्षण गरिरहेको छ । ठाउँ ठाउँमा खाली देखेको हुदा नयाँ बिरुवा लगाउन नर्सरीको व्यवस्था मिलाउने छु ।

गाँस बास र कपास भने जस्तै शिक्षा स्वस्थ्य र रोजगारीको मौलिक हकलाई वडा बासिको पहुँच सम्म पुर्याउनेछु ।

७. कृषिजन्य उत्पादन बढाउन उन्नत जातका बीउबिजन र रासायनिक मल समय छदै वडाले सहज ढङ्गले उपलब्ध गराइने वातावरण को व्यवस्था गरिने छ। प्रत्येक विपन्न परिवारको लागि पशु उत्पादनमा टेवा पुर्याउने उद्देश्य राखी,हइब्रिड जातका पशु अनुदान को रुपमा वडाले वितरण गर्ने व्यवस्था मिलाउने छू ।

कृषकहरुलाई जडिबुटी उत्पादन,प्रशोधन तथा बिक्रीवितरणको लागि यश वडाको टोलटोलमा संयन्त्र निर्माण गरि उद्यमशीलतामा जोड गर्ने र स्वदेशमै स्वरोजगार हुन जोड दिने छु ।

८. गिम्दी र थिल्वारमा रहेको अन्दाजी करीब १०००० रोपनी भन्दा धेरै खेतियोग्य जमिन हिउदमा पानीको अभावमा सिंचाइ हुन सकिरहेको छैन । त्यस ठाउँमा सिंचाईको लागि गुरुयोजना बनाई रोशी खोलाको पानी लिफ्टिंग गर्दै सिंचाईसुविधा उपलब्ध गराउने र यहाँको कृषकहरुलाई वर्षेनी करोडौं रुपियाँ बराबरको आम्दानी हुने स्रोत सिंचाई को सुविधा उपलब्ध गराई कृषकहरुको आर्थिक , सामाजिक परिवर्तनमा समेत सहयोग गर्ने मेरो प्रमुख उद्देश्य रहनेछ । वडा भित्रका सबै खेतियोग्य जमीनलाई संभाव्यता अध्ययन गरि सिंचाई सुविधा उपलब्ध गराउन पहल थाल्ने छू । हाल सानो गिम्दी,रक्त र ठुलो गिम्दीमा रहेको अन्दाजी करीब ४००० रोपनी भन्दा धेरै जग्गको लागि प्रदेश सरकारका माननीय खेलकुदमंत्री रत्न ढकाल ज्युको पहल र मेरो नेतृत्वमा सिंचाईको लागि रोशीखोलाको पानी लिफ्टिंग को कार्य धमाधम भैरहेको पनि जानकारी गराउन चाहन्छु ।

९. तेमाल नारायण स्थान को कर्णाली भनेर चिनिएको कोकाम र ल्हाप्सेको विकासका लागि छुट्टै बजेटको व्यवस्था गर्नेछु ।

१०. विदेशी इन्धनको परनिर्भरता हटाउनको लागि एक घर एक वीधुतीय चुलोको व्यवस्था वडाबटा गरिने छ ।

११. यस वडा भित्र बसोबास गरिरहेका आदिवासी,जनजाति ,दलित तथा अल्पसंख्यक वर्गलाई लक्षित गरि आत्मनिर्भर बनाउनका लागि वडा स्तरबाटै विशेष प्याकेज योजना बनाउने छु ।

१२. यस वडा भित्र निर्माण भै सकेका र निर्माणको क्रममा रहेका निर्माणाधीन भौतिक संरचनाहरु जस्तै बिजुली, खानेपानी,सडक,बाटोघाटो तथा पाटी पौवाहरुको मर्मत संभार स्तरोन्नति अनि सरसफाइको विशेष व्यवस्था वडा स्तरबाटै मिलाउने छु ।

१३. अन्त्यमा, मेरो दृष्टि नपुगिएका ठाउँ र वडा बासिको लागि अतिआवश्यक कुनै पनि विकास निर्माणको योजनाहरु छन भने त्यस्तो योजना हरु वडमा लिएर आउनुहुन र लिएर आउनु भएको खण्डमा ,मेरो तन-मन देखी नै निश्वार्थ भावनका साथ सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि जाहेर गर्दछु ।

हजार सिं लामावडा अध्यक्षको उम्मेदवारनेकपा माओवादी केन्द्र तेमाल वडा-५

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।