हाम्रो संकल्पः हामी बनाउँछौं, हाम्रो तेमाल
स्थानिय तह निर्वाचन–२०७९ बैशाख ३० गते हुने निर्वाचनमा
बाम–लोकतान्त्रिक गठबन्धनको
साझा संकल्प–पत्र

आदरणीय आमा, बुबा, दाजुभाई तथा दिदी बहिनीहरु,

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भई संविधान सभाबाट नयाँ संविधान जारी भएपश्चात स्थानीय तहको दोस्रो निर्वाचनमा सिंगो मुलुक अगाडि बढिरहेको छ । मुख्यतः मुलुकमा भएको विभिन्न न्यायपूर्ण आन्दोलन, १९ दिने जनआन्दोलन र १० वर्षे शसस्त्र जनयुद्धबाट प्राप्त उपलब्धीहरुको रक्षा र थप उपलब्धि हाँसिल गर्दै अघि बढ्नु आजको आवश्यकता हो ।

जनताको बलिदानीपूर्ण आन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई नष्ट गर्न केपी गुटले दुईपटक सार्वभौम संसद विघटन गरी प्रतिगमनकारी कदम चालेको कुरा पनि यहाँहरुलाई सर्वविदितै छ । केपी गुटको प्रतिगमनकारी कदम विरुद्ध मुलुकको लोकतान्त्रिक शक्तिहरुले आन्दोलनको आँधीहुरी सिर्जना गर्न बाध्य भयो । मुख्यतः नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समजवादी पार्टी र राष्ट्रिय जनमोर्चा, नेपालले प्रतिगमन विरुद्धको आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्यो । प्रतिगमनलाई परास्त गर्दै ५ दलिय गठबन्धनबाट आज मुलुकको नेतृत्व गरिरहेको छ ।

आज पनि प्रतिगमनकारीहरुले टाउको उठाउने कोशिस गरिरहेको छ । यो सन्दर्भमा ५ दलिय गठबन्धन अझ आवश्यक मात्र होइन, अनिवार्य बनिरहेको छ । त्यसैले राष्ट्रिय सहमति अनुसार तेमाल गाउँपालिकामा रहेका गठबन्धन दलहरुको ‘स्थानीय तहको निर्वाचन–२०७९’ को लागि हामी सझा संकल्प सहित आएका छौं ।

यसैक्रममा विभिन्न न्यायपूर्ण आन्दोनहरुमा सहादत प्राप्त गर्नुहुने महान सहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता योद्धाहरु प्रति सम्मान, घाइते योद्धाहरु प्रति सम्मान प्रकट गर्दै स्वास्थ्य लाभको कामना गर्दछौं ।

‘हामी बनाउँछौं, हाम्रो तेमाल’ मूल नाराका साथ भौतिक पूर्वाधार विकास क्षेत्र, सामाजिक विकास क्षेत्र, आर्थिक विकास क्षेत्र र सुशासन क्षेत्रमा हाम्रा समग्र ध्यान केन्द्रित गर्दै ‘समृद्ध तेमाल, सुखी तेमाली’को लक्ष्य पूरा गर्नेछौं ।

आदरणीय आमा–बुबा, दिदिबहिनी–दाज्यूभाई,
जनताको आधारभूत आवश्यकता पूरा गर्न निम्न कुराहरुमा तेमाल गाउँपालिकाका वाम–लोकतान्त्रिक गठबन्धन प्रतिबद्ध जाहेर गर्दछ ।

पूर्वाधार विकासः
यातायात पूर्वाधार

  • संघीय सरकारसँग समन्वय गरि तेमाल कै गौरवको योजना रेन्जेन दोर्जे–मेच्छे–पौवा–खत्रीगाउँ–मुक्पाटार–माम्ती सडक ५ वर्षभित्र कालोपत्रे गरिने छ ।

  • प्रत्येक वडा कार्यालयदेखि गाउँपालिकाको कार्यालयसम्म जोड्ने सडकहरुलाई आगामी ५ वर्ष भित्र कालपत्रे गरिनेछ ।

    प्रदेश सरकारसँग समन्वय गरि बोहरे–दोभान–चुखाबेशी–पचवारघाट–ठूलोपर्सेल–धुुल्खु–चोपटार मुक्पाटार हुँदै माम्ती जोड्ने सडकलाई स्तरोन्नती गरि कालोपत्रे गरिने छ ।

  • प्रत्येक टोलबस्ती जोड्ने सडक सञ्जाललाई बाह्रै महिना गाडी सञ्चालन हुनेगरि स्तरोन्नति गरिने छ ।

  • बोहोरे दोभान–आधाबाट–लामागाउँ–डाँडागाउँ–महुरे भञ्ज्याङ ¥होसाइबा जोड्ने सडकलाई ५ वर्ष भित्र स्तरोन्नति सहित कालोपत्रे गरिनेछ ।

भवन निर्माणः

  • आगामी ५ वर्ष भित्र तेमाल गाउँपालिका स्तरको सभाहल सहितको बहुउद्देश्यीय आधुनिक तालिम केन्द्रको स्थापना गरिनेछ ।

  • तेमाल गाउँपालिकामा ५ वर्ष भित्र कम्तिमा प्रत्येक वडा स्तरमा ‘एक वडा–एक सामुदायिभ भवन’ निर्माण गरिनेछ ।

विद्युतिकरण

  • ३० यूनिटसम्मको विजुली महासुल निःशुल्क गरिनेछ ।

  • ५ वर्ष भित्रमा विद्युतिय पूर्वाधारलाई समयानुकुल जोखिम मुक्तको लागि नांगो तार विस्थापित गर्दै केबुल तारको विस्तार गरिने छ ।

  • आवश्यकता र प्राप्त स्रोत साधनको आधारमा विद्युतीय क्षमता बृद्धि गरिनेछ ।

सामाजिक विकास

शिक्षा

  • ५ वर्ष भित्र भयरहित विद्यालय भवन निर्माण गर्न बाँकीरहेका विद्यालयहरुको भवन निर्माण गरिनेछ ।

  • तेमाल गाउँपालिकामा माध्यमिक तहसम्म अनिवार्य र निःशुल्क शिक्षाको व्यवस्था गरिनेछ ।

  • शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग, श्रमलाई रोजगारीसँग, रोजगारीलाई उत्पादनसँग र उत्पादनलाई समृद्धसँग जोडी विभिन्न क्षेत्र समेटेर प्रत्येक माध्यमिक विद्यालयलाई प्राविधिक विद्यालयमा रुपान्तरण गरिनेछ ।

  • तेमाल गाउँपालिकामा कम्तिमा एक वटा सामुदायिक क्याम्पसको स्थापना गरिनेछ ।

  • तेमाल गाउँपालिकाको कम्तिमा ३ वटा माध्यमिक विद्यालयलाई नमुना विद्यालयमा रुपान्तरण गरिने छ ।

  • गुणस्तरीय शिक्षाको लागि तेमाल गाउँपालिका भित्र रहेका सबै विद्यालयहरुमा आधुनिक प्रविधि मार्फत पठनपाठनको व्यवस्था गरिनेछ ।

  • सबै वालविकास केन्द्रमा कार्यरत बालविकास स.का.हरुलाई नेपाल सरकारले तोकेको मापदण्डका आधारमा परिश्रमिकको व्यवस्था गरिनेछ ।

  • गरिब तथा जेहेन्दार, दलित सिमान्तकृत, अल्पसंख्यक समुदायका विद्यार्थीहरु तथा प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराइने छ ।

  • तेमाल गाउँपालिकामा चाँडै दरबन्दी मिलन गरिने छ । शिक्षक दर्बन्दी नपुग भएको विद्यालयमा तत्काल शिक्षकको व्यवस्था गरिनेछ ।

  • आवश्यकता अनुसार माध्यमिक विद्यालयहरुमा छात्रबासको व्यवस्था गरिनेछ ।

  • एक विद्यालय, एक नर्स कार्यक्रमलाई अगाडि बढाइनेछ ।

  • भौगोकि विकटतालाई ध्यानमा राखेर विद्यालय बसको व्यवस्था गरिनेछ ।

  • आधारभूत तहसम्म मातृभाषा शिक्षाको व्यवस्था गरिनेछ ।

  • विद्यार्थीहरुको प्रतिभा प्रष्फूटन गर्न ‘तेमालमा प्रतिभा पहिचान’ कार्यक्रमलाई अगाडि बढाइनेछ ।

स्वास्थ्य

  • ५ वर्ष भित्र गाँउपालिका स्तरीय २५ शैयाको तेमाल अस्पताल निर्माण गरिने छ ।

  • प्रत्येक वडामा रहेका स्वास्थ्य चौकीलाई स्तर उन्नति गराउदैँ व्यवस्थित आधुनिक उपकरणमा जडित स्वास्थ्य चौकी बनाइने छ ।

  • संविधानले व्यवस्था गरे अनुरुप स्वास्थ्यमा सबै जनताको पहँुच पु¥याइने छ ।

  • प्रत्येक वडामा एक÷एक ओटा एम्बुलेन्सको व्यवस्था गराईने छ ।

  • गरिब तथा निम्न आय भएको विपन्न परिवारको स्वास्थ्य उपचार निःशुल्क गरिने छ ।

  • प्रत्येक जनतालाई निःशुल्क स्वास्थ्य विमाको ग्यारेन्टी गरिने छ ।

  • जेष्ठ नागरिक, दीर्घ रोगीहरुका लागि निःशुल्क उपचार गरिनेछ ।

  • प्रत्येक सुत्केरी महिलालाई छोरी जन्मिएमा प्रोत्साहन स्वरुप ५०००÷– सुत्केरी भत्ताको व्यवस्था गरिने छ र बर्थिङ सेन्टर तथा अस्पतालसम्म लानका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिनेछ ।

  • स्वास्थ्य स्वयम् सेविकाहरुलाई कम्तिमा ३०००÷– मासिक भत्ताको व्यवथा गरिनेछ ।

कृषि

तेमाल गाउँपालिकाको दुष्टि कृषि र पर्यटन भन्ने नारालाई आत्मसाथ गर्दै तपसिलका पक्षमा जोड दिइने छ ।

  • परम्परागत र निर्वाहमुखी कृषि प्रणालीको अन्त्य गर्दै कृषिलाई आधुनिकीकरण गर्दै सबै कृषकहरुलाई आत्मनिर्भर बनाउने छ ।

  • ‘एक गाँउ एक उत्पादन’ कार्यक्रमलाई अगाडि बढाउँदै पकेट क्षेत्रको विकासमा जोड दिइने छ ।

  • परम्परागत र निर्वाहमुखी पशुपलानलाई आधुनिकीकरण गर्दै व्यवसायिकरणका लागि किसानहरुलाई विशेष तालिमको व्यवस्था गरिने छ ।

  • कृषि तथा पशु विकासको लागि ‘एक वडा एक प्राविधिक’ को व्यवस्था गरिनेछ ।

  • निःशुल्क पशु विमा र बाली विमा गरिने छ ।

  • कृषि क्षेत्रको प्रवद्र्धनका लागि कुलो, पाईप तथा लिफ्टिङ सिचाईको व्यवस्था गरिनेछ ।

  • तेमालको पहिचान र आर्थिक स्रोत मुहानको रुपमा रहेको बुद्धचित्त मालाको खेती प्रवद्र्धनमा जोड दिइनुका साथै निकासीमा सरल र सहज व्यवस्थापन गराइने छ ।

  • किसानलाई मलको अभाव हुन नदिन गाँउपालिका क्षेत्रभित्र रहेका कृषि सहकारीसँग समन्वय गरी अनुदानमा मल, बीउ विजन वितरण गर्ने नीति लिइने छ ।

  • प्रत्येक वडामा पशु भेटेनरी तथा कृषि सेवा दिन सेवा केन्द्र स्थापना गरिने छ ।

  • प्रत्येक किसानलाई कृषि तालिम प्रदान गरिने छ ।

  • दुध तथा दुग्धजन्य पदार्थमा विशेष जोड दिई बजारीकरणको उचित व्यवस्था गरिने छ । साथै दुग्ध पदार्थ उत्पादन गर्ने कृषकका लागि प्रति लिटर ५ रुपैयाँ अनुदानको व्यवस्था गरिने छ ।

  • जल जमिन जंगल, जडिबुट्टी र जलाधार स्थानिय समृद्धिको आधार भन्ने मान्यतामा पालिकाले प्राकृतिक स्रोत व्यवस्थापनमा स्थानीय समुदायको सहभागिता सुनिश्चित गरिनेछ र मुख्य गरि जडिबुटी खेती तथा आयुर्वेधिक औषधालयको स्थापना गरिने छ ।

  • कुषि भुमि बैंकको स्थापना गरिनेछ ।

  • युवाहरुलाई स्वरोगार तथा रोजगारको लागि कम्तिमा ९ जना युवा किसानहरुको समूह निर्माण गरि व्यवसायीक पशुपालन र व्यवसायीक कृषिका लागि कम्तिमा ५ लाखको अनुदानको व्यवस्था गरिने छ ।

खानेपानी

  • तेमाल गाउँपालिकामा ५ वर्षभित्र ‘एक घर एक धारा’ स्वच्छ खानेपानीको व्यवस्था गरिनेछ ।

  • तेमाल सुनकोशी फिफ्टिङ बृहत खानेपानी निर्माण कार्यलाई सम्पन्न गरी प्रत्येक बस्तीमा खानेपानीको व्यवस्था गरिने छ । साथै तेमालका सबै टोल वस्तीमा रहेको मुहानको पहिचान गरी मुहान संरक्षण गरेर स्वच्छ सफा खानेपानीको व्यवस्था गरिनेछ ।

  • ‘एकघर–एकधारा’ कार्यक्रम अन्तर्गत धारामा जडन हुने मिटर निःशुल्क व्यवस्था गरिनेछ ।

पर्यटन/सँस्कृति/भाषा/धर्म

सम्मुन्नत र सम्बृद्धि तेमाल दिगो विकासको आधार पर्यटन विकास भएकोले तेमालको धार्मिक, साँस्कृतिक, भाषिक तथा पर्यटन क्षेत्रमा निम्न कार्यहरु गरिने प्रतिवद्धता गर्दछौं ।

  • धार्मिक पर्यटनको प्रचुर मात्रामा सम्भावना बोकेको तेमालमा नेपालकै सबैभन्दा ठूलो गूरु रेम्पोर्छेको प्रतिमा निर्माण गरिनेछ ।

  • तेमालमा रहेको मुख्य गरि दोर्जे घ्याङ, ह्रोसाइबा, तोङसुमकुण्डा, स्यापवाङ गुम्बा, ह्यारीनाक, ऐतिहासिक नारायणस्थान मन्दिरलाई धार्मिक साँस्कृतिक मान्यताको आधारमा पुनर्संरचना गरिनेछ । र धार्मिक पर्यटकहरुलाई दर्शनको लागि सहज वातावरण निर्माण गरिनेछ । साथै प्रत्येक वडामा रहेको ऐतिहासिक धार्मिक स्थलहरुको अध्ययन, अनुसन्धान गरि संरक्षण गरिनेछ ।

  • तेमालमा रहेको ऐतिहासिक ६ घ्याङको विस्तृत अध्ययन अनुसन्धान गरि अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने योजना निर्माण गरिनेछ ।

  • अन्तराष्ट्रिय तामाङ संग्राहलय निर्माण कार्यको अधुरो कार्य ५ वर्षभित्र सम्पन्न गरि ताम्सालिङ भरिका सबै जिल्लाको तामाङ समुदायको प्रतिनिधित्व हुनेगरि अगाडि बढाउने छ ।

  • तेमालका उपयुक्त ठाउँ अनुसार पर्यटन स्मृति पार्कहरु निर्माण गरिनेछ ।

  • तेमालका रमणीय स्थलहरुमा पर्यटकिय पदमार्ग आँकलन गरि पर्यटकिय पदमार्ग निर्माण गरिने छ ।

  • विभिन्न जाति समुदायको भाषा, धर्म तथा सँस्कृतिको पूर्णरुपमा संरक्षण गरिनेछ ।

  • ‘एक वडा एक रमणीय पार्क’को निर्माण गरिने छ ।

  • तेमाल गाउँपालिका ८३ प्रतिशत तामाङ समुदायको बसोबास रहेकोले तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाइनेछ ।

  • तामाङ समुदायको मुख्य पर्व सोनाम ल्होछारमा नीतिगत रुपमै ३ दिन विदा दिनेछ ।

  • ऐतिहासिक तामाङ राजा ह्रिन्जेन दोर्जेको विषयमा विस्तृत गुरुयोजना बनाई प्रतिमा निर्माण गरिनेछ ।

  • तेमाल गाउँपालिकालाई परिक्रमा गरिने गरि साइकिलीङ मार्ग निर्माण गरिनेछ ।

विपत व्यवस्थापन

  • जोखिम पूर्ण विपत् व्यस्थापनलाई न्यनिकरण गर्न जनताको प्रत्यक्ष सहभागीतामा विभिन्न योजनाहरु निर्माण गरिनेछ ।

  • विपत् परेको अवस्थामा उद्धारको लागि आवश्यक पर्ने यन्त्र, साधन तथा औजारहरुको उचित व्यवस्थापन गर्ने निति अवलम्बन गरिने छ ।

  • क्षतिको जोखिम न्युनिकरण गर्न ठाँउ–ठाउँसम्मा सर्वेक्षण गरी त्यसको काम अघि बढाईने छ ।

  • विपत् क्षेत्रमा काम गर्ने सहयोगी संघ संस्थाहरुसँग समन्वय गरी विपत् व्यवस्थापन सम्बन्धि आवश्यक योजना तथा कार्यक्रमहरु संचालन गरिने छ ।

सामाजिक सुरक्षा र सम्वृद्ध परिवार

  •  आयमुलक कार्यमा संलग्न हुन नसक्ने असहाय, बालबलिका, अशक्त महिला, एकल महिला, जेष्ठ नागरिक, दलित, अल्पसंख्याकहरुलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था निरन्तरता गरिने छ ।

  • बदलिदो समय परिवेशको अब पालिकाभित्रका सम्पूर्ण परिवारलाई कम्तिमा ‘एक घर, एक रोजगार’को व्यवस्था गरिनेछ ।

  • सामाजिक सुरक्षा भत्ता सहज रुपमा प्राप्त गर्न घर–घरमै पु¥याउने व्यवस्था गरिनेछ ।

  • ६० वर्ष माथिको उमेर भएका विदुर तथा एकल पुरुषको लागि समेत भत्ताको व्यवस्था गरिनेछ ।

खेलकुद

  • गाउँपालिको गौरवको योजनाको रुपमा वडा नं. ७, चापाखोरीमा निर्माणाधिन रहेको रंगाशालालाई राष्ट्रिय स्तरको मापदण्ड अनुसार निर्माण गरिनेछ ।

  • मेच्छेपौवा, नारायणस्थान, चुखाबेँशीलामबगर खेल चौरलाई व्यवस्थित गरी व्यवस्थित खेल मैदानको रुपमा स्तरोन्नती गरिने छ ।

  • खेलकुदमा युवा सहभागिता बढाउन वार्षिक रुपमा पालिकामा अन्तर वडा स्तरीय खेलकुद प्रतियोगिता आयोजना गरिनेछ । साथै बालकालिकालाई खेलक्षेत्रमा समावेश गर्नका लागि अन्तर विद्यालय स्तरीय विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरिनेछ ।

  • तेमाल गाउँपालिकाका राष्ट्रिय तथा अन्तगर्राष्टिय स्तरका खेलाडीहरुको अभिलेख राख्दै उचित पुरस्कारको व्यवस्था गरिनेछ ।

सञ्चार तथा सूचना प्रविधि

  • पालिकाको सबै वडामा इन्टरनेटको व्यवस्था गरिने छ ।

  • सुविधा सम्पन्न टेलिसेन्टरको व्यवस्था गरिने छ ।

  • नेपाल टेलिकम, एनसेल, स्मार्ट सेलसँग समन्वयन गरी तेमालमा आवश्यकताको आधारमा टावरहरु स्थापना गरि सुचना तथा सञ्चार प्रविधिलाई मजबुद बनाइने छ ।

  • गाउँपालिका स्तरीय एफ.एम रेडियो, पत्रपत्रिका, अनलाईन सञ्चार माध्यम, टेलिभिजन सञ्चालन गरी सूचनामा जनताको सहज पहुँच पु¥याउने छ ।

  • सूचना तथा सञ्चार प्रविधिमा काम गर्ने प्रविधिकहरुलाई तालिमको व्यवस्था गरि दक्ष बनाइने छ ।

  • स्वास्थ्य स्वयंसेविका तथा अगुवा कृषकहरुलाई कृषि तथा स्वास्थ्यको विषयमा जानकारी दिनका लागि स्मार्ट फोनको व्यवस्था गरिनेछ ।

सुशासनः

  • तेमालको शान्ति र दिगो विकासका लागि प्रत्येक जनतामा सुशासनको प्रत्याभूति गराउने छ ।

  • भ्रष्टचार प्रति शुन्य सहनशिलता अप्नाउँदै पारदर्शितालाई उच्च प्राथमिकतामा राखिने छ ।

  • निर्वाचित जनप्रतिनिधिको सम्पत्ति विवरण सार्वजनिक गरिनेछ र पदावधि सकेपछि सामाजिक लेखा परिक्षण गरि पारदर्शितालाई आत्मसात गरिनेछ ।

  • संविधानले व्यवस्था गरेअनुसारको सबै प्रकारको मौलिक हकको सुनिश्चिता गरिनेछ ।

  • हरेक योजना तर्जुमा तथा बजेट तर्जुमा गर्दा अनिवार्य जनसहभागीताको सुनिश्चित गरिनेछ ।

  • जनताको सेवामा समर्पित भई पूर्णरुपमा जवादेहीताको नीति अप्नाउने छ ।

विविधिः

  • १० वर्षे शसस्त्र जनयुद्ध र २०६२÷६३ को जनआन्दोलनको क्रममा सहादत प्राप्त गर्नुहुने शहिद तथा बेपत्ताहरुको परिवारलाई मासिक अनुदानको व्यवस्था गरिनेछ । साथै घाइतेहरुको उपचारको लागि आवश्यक सहयोग गरिनेछ ।

  • एक–टोल, एक–सहकारी’ स्थापना गरि समाजवादको आधार तयार गरिनेछ ।

आदरणीय आमा, बुबा, दाजुभाई तथा दिदीबहिनीहरु
‘जनताको घर–घरमा तेमाल सरकार’लाई आत्सात गरेर जनताको सेवा बाहेक हाम्रो कुनै स्वार्थ छैन । तपाईको मतले तेमालको भविष्यको निर्धारण गरिनेछ । समृद्धिको अभियान र प्रगितमनका विरुद्धको लडाईंमा हामी एक साथ अगाडि बढ्न जरुरी छ । साथै मुलुकमा दिगो शान्ति र दिगो विकासका लागि अग्रगामी शक्तिहरु एकै ठाउँमा उभिन समेत आवश्यक छ । त्यसैले प्रतिगमनकारीहरुको हरप्रकारको प्रयत्नहरुलाई निरुत्साहित गर्न निर्माण भएको गठबन्धनको मर्म अनुसार वाम–लोकतान्त्रिक गठबन्धनका नेपाली काँग्रेस पार्टीको तर्फबाट अध्यक्ष पदका साझा उम्मेदवार चन्द्रबहादुर तामाङ र नेकपा (माओवादी केन्द्र)को तर्फबाट उपाध्यक्ष पदका साझा उम्मेदवार दलमान थोकर तामाङ (डिएम) लाई अमूल्य मतदान गरी अत्यधिक बहुमतले विजयी गराई दिनुहुन सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गर्दछौं ।

अभिवादन सहित

बाम–लोकतान्त्रिक गठबन्धन, निर्वाचन, प्रचारप्रसार समिति, तेमाल गाउँपालिका

Comments

comments