काभ्रे । काभ्रे जिल्लामा गठबन्धनको तर्फबाट भुम्लु गाउँपालिका वडा नं. १ मा नेकपा माओवादी तर्फबाट वडा अध्यक्ष निर्वाचित भएको छ । यसरी माओवादीले खाता खोलेको हो ।
भुम्लु गाउँपालिका १ सापिङमा माओवादीका लेखनाथ श्रेष्ठ विजय भएका छन् । उनी ४ सय ५० मत अन्तरले बिजयी भएका हुन् । वडा अध्यक्ष पदका लागि माओवादीका उम्मेदवारलाई ९ सय ९४ मत खसेको थियो भने सूर्यका उम्मेदवारलाई ५ सय ४४ मत खसेको थियो ।
कुल १७ सय २२ मतमा गठबन्धनका तर्फबाट अध्यक्षका लागि ८ सय ४७ र उपाध्यक्षका लागि ८ सय २२ मत प्राप्त गरेको छ भने एमालेका तर्फबाट अध्यक्ष पदका लागि ६ सय ५९ र उपाध्यक्षका लागि ५ सय ३४ मत प्राप्त गरेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।















