काभ्रे । जिल्लाको बेथानचोक गाउँपालिका वडा नं १ मा मत गणना कार्य सम्पन्न भएको छ । जहाँ गठबन्धनतर्फ नेपाली काँग्रेसबाट गाउँपालिकाको वडा नं १ को अध्यक्षमा मधुसूदन तिमल्सिना बिजयी भएका छन् ।
उनी ९ मत अन्तरले बिजयी भएका हुन् । उनी नेपाल प्रेस युनियन काभ्रेका सचिव हुन् । साथै गाृेरखापत्र दैनिककमा काभ्रेबाट रिपोटिङ गर्छन ।
वडा अध्यक्ष पदका लागि नेपाली काँग्रेसका उम्मेदवार मधुसूदन तिमल्सिनालाई ५ सय ७ मत खसेको थियो भने एमालेका उम्मेदवार डन्ड प्रसाद तिमल्सिनालाई ४ सय ९८ मत खसेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।















