काभ्रे । चौरीदेउराली गाउँपालिकाको अध्यक्षमा रेनुका चौलागाई विजयी भएकी छिन् । रेनुका संविधान सभा सदस्य देखि काभ्रे जिल्लाकै पहिलो महिला गाउँपालिका अध्यक्ष बनेकी हुन् । उपाध्यक्षमा नेपाली काग्रेसका उमेदवार शेरबहादुर लामा निर्वाचित भएका छन् ।
अध्यक्षमा चौलागाईले ६ हजार २२८ मत ल्याएर निर्वाचित हुंदा निकटतम प्रतिद्धन्दी नेकपा एमालेका जितराम लामाले ५ हजार ४६३ मत ल्याएका थिए ।
त्यसैगरी उपाध्यक्षमा शेरबहादुर लामाले ७ हजार २९९ मत ल्याएर विजयी हुदा एमालेकी उमेदवार बबिता खरेलले ३ हजार ५४१ मत ल्याएकी छिन् ।
जनयुद्धको क्रममा लामो समय जेल जिवन विताएकी चौलागाईको श्रीमान् नवीन गौतम २०५६ सालदेखि राज्यबाट बेपता छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।















