काभ्रे । नमोबुद्ध नगरपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् ।

कांग्रेसका कुन्साङ लामाले ११ हजार २११ मत ल्याई नगरप्रमुख निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी एमाले काभ्रेका सचिव समेत रहेका राजन भुर्तेलले ५ हजार ८२२ मत पाए । लामाले दोब्बर बढी मत अर्थात् ५ हजार ३८९ बढी मतले एमालेका भुर्तेललाई पराजित गरेका हुन् ।

त्यस्तै माओवादी केन्द्रका रत्न बहादुर लामाले १ हजार ६४४ मत अन्तरले एमालेका उम्मेदवार सम्झना लामालाई हराएका छन् । लामाले ८ हजार १८७ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका लामाले ६ हजार ५४३ मात्र मत ल्याए ।

नगरपालिकाको ११ वडामध्ये कांग्रेस ५, एमाले ३ र माओवादी केन्द्र २ वडामा विजय हुँदा एक वडामा भने स्वतन्त्र उम्मेदवार प्रेमबहादुर तामाङ ५५६ मतसहित विजय भएको छ ।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।