काभ्रे । काभ्रेको धुलिखेलमा अवस्थित सारथी बहुउदेश्यीय सहकारी संस्थाले क्षमता विकास सम्वन्धि एक दिवसीय प्रशिक्षण कार्यक्रम आज (आइतबार) सारथी होटलमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा संस्थाका संचालक समिती, लेखा सुपरिवेक्षण समिति ,कर्मचारी तथा विभिन्न उप –समितिका सदस्यहरुको उपस्थिती थियो ।

कार्यक्रमका प्रशिक्षक कोअपरेटिभ म्यानेजर्स क्लबका अध्यक्ष मदन बस्नेतले सहकारीको अवधारणा, सहकारी संस्थाको स्वरुप, वितिय चरित्र, संगठनात्मक संरचना, लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।
यस्तो कार्यक्रमले आफ्नो संस्थाको सदस्यहरुको क्षमतामा विकास भएकोले आगामी दिनमा यस्ता कार्यक्रमको आयोजना गर्ने संस्थाका अध्यक्ष दिलिप शर्माले बताए । कार्यक्रममा ६० जना सदस्यहरुको उपस्थिती थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।