भक्तपुर । मोडल लाक्पा लामा र सुनिता योञ्जनको अभिनय रहेको तामाङ भाषाको गीत “बेङ्ग्यारी ह्योङ्ला” गीतको म्युजिक भिडियो सहित सार्वजनिक भएको छ।
वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङको प्रमुख आतिथ्यतामा शुक्रबार सेकुवा एक्प्रेस सुर्यविनायक भक्तपुरमा एक विशेष पत्रकार सम्मेलनको आयोजना गरि उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो ।
चन्द्र दोङको शब्द, सानुबाबु घिसिङको संगीत र एरेञ्ज रहेको गीतमा चर्चित गायक तथा संगीतकार निमा दोङ र गायिका जीतु लोप्चनको सुमधुर आवाज रहेको छन् ।भने गीतको मिक्सिङ दिपेश प्रधानले गरेका हुन ।
युवा निर्देशक प्रतीक ङ्यसुरको निर्देशन तथा कोरियोग्राफि तयार गरेको भिडियोको छायंकन र सम्पादन भने बिक्रम मोक्तानले गरेका हुन ।
कार्यक्रममा विशेष अतिथिको रुपमा राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविन बल रहेका थिए भने अतिथिहरुमा नायक सागर घिसिङ, चर्चित गीतकार कुमार स्याङ्बा लगायत अन्य कलाकारहरुको उपस्थिति रहेका थिए ।
कार्यक्रम युवा समाजसेवी विजय लामाको सभापतित्वमा सम्पन्न भएको थियो ।भने यस म्युजिक भिडियो गायक निमा दोङको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
भिडियो हेर्नुस् ।