काठमाडौ । नेपाल तामाङ चलचित्र संघले १४औं वार्षिकोत्सबमा लघु चलचित्र ‘सामाजिक सञ्जाल’प्रदर्शन र वृहत् साँस्कृतिक कार्यक्रम २०७९ गरिने भएको छ।
मंगलबार बौद्ध जोरपाटी स्थित एक होटलमा सम्पन्न पत्रकार सम्मेलन मार्फत संघले उक्त जानकारी दिएको हो ।
२०६२ साल जेठ २७ गतेबाट स्थापना भएको यस् संघले अाफ्नो १४ औं बार्षिक उत्सवको अवसर पारेर तामाङ समुदायका विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तित्व र तामाङ चलचित्र जगतमा योगदान पुर्याउने चलचित्रकर्मीहरुलाई सम्मान गर्ने संघका अध्यक्ष कुमार मोक्तानले बताएको छ।
सम्मानको शिर्षक छनौट गर्ने क्रममा पहिलो तामाङ चलाचित्र “सेम्री छोरङन्”तामाङहरुको पहिचान बोकेको डम्फू लगायत तेमालको अन्तिम राजा ह्रेन्जेन दोर्जे जस्ता ऐतिहासिकता बोकेका शिर्षकहरुद्धारा सम्मान गरिने भएकम छन् ।
जेष्ठ २७ गते स्थापना दिवस मनाउनु पर्ने १४ औं बार्षिक उत्सब सो दिन शुक्रबार भएको हुँदा जेष्ठ २८ गते शनिबार पारेर संघको वार्षिक उत्सव कार्यक्रमलाई औपचारिक रुपमा मनाउने तयारीमा रहेको जानकारी गराउदै उक्त दिन लघु चलचित्र ‘सामाजिक सञ्जाल’ विहान ११ बजे चलचित्र विकाश बोर्डको सभा हलमा प्रदर्शन गर्ने भएको छ।
नेपाल तामाङ चलचित्र संघ र रोशी गाउँपालिकाको संयुक्त सहकार्यमा निर्माण गरिएको उक्त चलचित्र ४५ मिनेटको रहेको लघु चलचित्र कुल लागत १० लाख ४ हजारमा निर्माण गरेको अध्यक्ष मोक्तानले बताए ।
उक्त लघु चलचित्र ‘सामाजिक सञ्जाल’ रोशी गाउंपालिकाका पूर्व अध्यक्ष डि.बी.लामाले परिकल्पना रहेको चलचित्रलाई अध्यक्षद्धय नायक कुमार मोक्तानले निर्देशन गरेको छ । चलचित्रको छायंकन काभ्रेको रोशी गाउँपालिकाको विभिन्न स्थानहरुमा छायांकन गरेको छ।
तामाङ चलचित्र संघका उपाध्यक्ष अजय स्याङ्तानले कार्यक्रमलाई सम्बोधन गर्दै तामाङ चलचित्र प्रदर्शको निमित्त हल नपाइने समस्यबाट उन्मुक्ति दिलाई अब हामीले हल खोज्ने होइन हलले हाम्रो चलचित्र खोज्नुपर्ने वातावरण निर्माण गर्ने तयारीमा चलचित्र संघ रहेको बताए।
आयोजकले उक्त वार्षिकोत्सब,सम्मान तथा वृहत् साँस्कृतिक कार्यक्रममा चलचित्र प्रेमी तथा चलचित्रकर्मीहरुलाई उपस्थितिको लागि अनुरोध समेत गरेको छ।

























