काठमाडौ । नेपाल तामाङ चलचित्र संघले १४औं वार्षिकोत्सबको अवसरमा तामाङ समुदायमा विभिन्न क्षेत्रबाट योगदान पुर्याउने गीत सांगीतिक क्षेत्र, चलचित्रकर्मी र पत्रकारहरुलाई सम्मान गरेका छन् ।
शनिबार पुर्व कानुन तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङको प्रमुख अतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम नेपाल चलचित्र विकास बोर्डको हलमा भएको हो।
तामाङ चलचित्र संघले पहिलो तामाङ चलचित्र “सेमरी छोरकान”नामकबाट विभिन्न विधाबाट सम्मान गरेका हुन् ।
सम्मानित हुनेहरुमा वरिष्ठ गायक चन्द्रकुमार मोक्तान वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङ,वरिष्ठ पत्रकार तथा साहित्यकार तथा नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान वल,संघका पुर्व अध्यक्ष जेनिस दोङ, चलचित्रकर्मी तथा पत्रकार वरिष्ठ पत्रकार जगतमान दोङ, सुनिल लामा अभिनेत्री चादनी मोक्तान,पहिलो तामाङ चलचित्र निर्देशिका सुकुमाया मोक्तान ,अभिनेत्री लता योञ्जन अभिनेता सञ्जिव स्याङतान,अभिनेता तथा निर्देशक अमिर दोङ अभिनेता राजु दोङ,गायक उत्तर ध्वज लामा ,संघका पुर्व अध्यक्ष शान्ता लाल घिसिङ हिरालाल ब्लोन,प्रकाश ब्लोन,विकु बहादुर थोकर, अभिनेत्री रोशनी ब्लोन,पत्रकार जयन कुमार मोक्तान,अभिनेत्री रोश्नी वाइवा, दोर्जे लामा ,सञ्चारकर्मी विष्णु दोङ ,चर्चित गायक अमृत लामा ,खलनायक विकास स्याङतानलाई सम्मानित गरिएका थिए।
२०६२ साल जेठ २७ गतेबाट स्थापना भएको यस् संघले अाफ्नो १४ औं बार्षिक उत्सवको अवसर पारेर तामाङ समुदायका विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तित्व र तामाङ चलचित्र जगतमा योगदान पुर्याउने चलचित्रकर्मी, गीत, सांगीतिक क्षेत्र र पत्रकारिता क्षेत्रमा योगदान दिएका अग्रज स्रष्टाहरुलाई सम्मान गर्न पाउदा चलचित्र संघ निकै सौभाग्य ठानेको संघका अध्यक्ष कुमार मोक्तानले बताए।
साथै सोही दिन नेपाल तामाङ चलचित्र संघ र रोशी गाउँपालिकाको संयुक्त सहकार्यमा निर्माण गरिएको लघु चलचित्र “सामाजिक सञ्जाल” प्रदर्शन गरेको थियोे ।
अतिथिहरुले मन्तव्य राख्ने क्रममा तामाङहरु एकीकृत बनाउने नै तामाङ चलचित्र एक सामर्थ्य हो। तामाङ चलचित्र एउटा मध्यम हो ।त्यसैले तामाङ चलचित्र गुणात्मक रुपमा निर्माणको साथै अाम तामाङहरुको पहिचान झल्काउने पर्ने सुझाव दिएका थिए।
रोशी गाउंपालिकाका पूर्व अध्यक्ष डि.बी.लामाले परिकल्पना रहेको चलचित्रलाई अध्यक्षद्धय नायक कुमार मोक्तानले निर्देशन गरेको चलचित्रमा विकास स्याङतान,क्रिश्मा वावा,रस्मिला वाइवा, गोकुल तामाङ लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
१४औं वार्षिकोत्सब तथा सम्मान कार्यक्रममा विशिष्ट अतिथि
नेपाल राष्ट्रिय घेदुङका अध्यक्ष वीर बहादुर योञ्जन,नेपाल तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङ,नेपाल तामाङ घेदुङका उपा महासचिव सचिव जगतमान दोङ वरिष्ठ गायक तथा संगीतकार चन्द्र कुमार दोङ,चन्द्रकुमार मोक्तान ,नेपाल टेलिभिजन महाप्रबन्ध फुलमान वल राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविन वल,संघका पुर्व अध्यक्ष तथा सल्लाहकार जेनिस दोङ, अतिथिहरु सुकुमाया मोक्तान, अमिर दोङ,संजय लामा बल,राजकिङ वाइवा,चादनी मोक्तान, नायिका लता योञ्जन लगायत विभिन्न संघ, संस्थाको प्रतिनिधि र अन्य अतिथिहरुको उपस्थिति रहेको थियो।
संघका अध्यक्ष कुमार मोक्तानको सभापतित्वमा सम्पन्न कार्यक्रम महासचिव सुनिता लुङबाले सञ्चालन गरेका थिए ।

























