काभ्रे । गठबन्धनको सहमति अनुसार जिससको प्रमुख नेकपा (एकीकृत समाजवादी) ले पाउने भएको छ । जस अनुसार सत्ता गठबन्धनको तर्फ बाट जिसस काभ्रेको प्रमुखमा दिपक गौतमले उम्मेदवारी दिने भएका छन् ।
धुलिखेल स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज विहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ । उम्मेदवारी दर्ता गर्नु अघि ११ बजे गबन्धनको बैठक डाकिएको थियो । बैठकले सबै उम्मेदवारहरुको अन्तिम निर्णय गर्नेछ ।
नेपाली कांग्रेसले उपप्रमुख सहित बहुमत सदस्य लिनेछ । गबन्धनमा सहमति हुन साथ कांग्रेसको बैठक बसेर उपप्रमुख सहित अन्य सदस्यहरुको उम्मेदवार टुंगो लाग्नेछ ।
माओवादी केन्द्रले केहि सदस्यमा चित्ता बुझाएको छ । स्थानीय तहको निर्वाचनका लागि गरिएको गठबन्धनमा जिल्ला समन्वय समितिको प्रमुख नेकपा एसलाई दिने सहमति भएको थियो । गठबन्धनबाटै उम्मेदवारी दर्ता हुन्छ । कुन दलले कति सदस्य लिने भन्ने र निर्वाचनमा कसरी जाने भन्ने कुरा आजै बस्ने गठबन्धनको बैठकले निर्णय गर्नेछ ।
निर्वाचन भने असार १ गतेका लागि तोकिएको छ । भोली उम्मेदवारको विरोध उजुरी गर्ने, मनोनय पत्रको जाँच र उजुरी उपर निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशसन गर्ने, नाम फिर्ता गर्ने र उम्मेदवारको अन्तिम नामावली प्रकासन गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पर्सीको दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।















