काठमाडौं । तामाङ भाषाको चलचित्र “काख्रे”(गँगटो)असार १८ गते शनिबार दिउँसो १:०० बजे राष्ट्रिय नाचघर जमलमा प्रदर्शन गर्ने भएको छ।

शुक्रबार बाैद्व जोरपाटी स्थित म म प्लाजाको हलमा नेपाल तामाङ चलचित्र संघको अध्यक्ष कुमार मोक्तानको प्रमुख अतिथ्यतामा “काख्रे”चलचित्रको ट्रेलर सार्वजनिक तथा पत्रकार सम्मेलन अायोजना गरि उक्त चलचित्र प्रदर्शन गरिने चलचित्र निर्माता प्रबल थिङ (राम सि तामाङ)ले जानकारी दिएका थिए ।

चलचित्र रोशन फ्युवा तामाङको निर्देशन गरेको चलचित्र कथाकार ऋतुराज पाख्रिनको कथा रहेको तामाङ चलचित्रलाई प्रबल थिङले गरेको छ भने सह-निर्माता शेखर थापा, शंकर पुढाशैनी र सरिता तामाङ रहेका छन् ।

चलचित्रमा मुख्य पात्रको भुमिकामा नायक ऋतुराज पाख्रिन र नायिका सुनिता लुङ्वा र कुईसाङ रुम्वा गरेको छन् ।भने
चलचित्रमा प्रबल थिङ, सिंगा बहादुर तामाङ, प्रभा घिसिङ, सपना वाइबा, किरण गोर्खे, रेशम स्याउले,किरण साजन,लोप्साङ लामा राम गोले, गेल्डेन तामाङ,रोशन तामाङ,माया स्याङबो, र बिशाल तामाङ लगायत अन्य कलाकारहरुको अभिनय गरेको छन् ।

चलचित्रमा गीत संगीत विशाल काल्तान र रिन्जिन लामाको रहेको छन् ।भने द्वन्दमा राजु किरात, नृत्य निर्देशक अजय स्याङतान, छायांकन प्रकाश तामाङ, शृंगार अस्मिता रहेको छ।

तामाङ चलचित्र काख्रे(गँगटो)ले तामाङ समाजलाई सकारात्मक सन्देश दिन खोजिएको निर्माण पक्षले बताएका छन् ।

काख्रे चलचित्रमा गाउँबाट शहर पसेका तामाङ युवाहरुको कथा हो।विभिन्न जिल्लाहरुबाट काठमाडौं छिरेका युवाहरु जीवनयापन र संघर्षलाई यस् चलचित्र मार्फत देखाउन खोजिएको छ।
चलचित्र काठमाडौंको व्यस्त शहर ठमेलबाट सुरु हुन्छ ।बिरामी अामाको उपचार खर्च कमाउन शहर अाएको युवा गाउँ समाज छोडेर शहर पसेको काख्रे पात्रको भेट हुन्छ ।काख्रे पात्रको संगतमा अरु युवाहरु कहिले डान्सबार,कहिले लुटपाट, कहिले ग्याङ फाईटको कुलत बाटोमा फसेका हुन्छ ।तर अन्त्यमा काख्रेको संगतमा लागेर अाफ्नो लक्ष्य पुरा नभए पछि अरु युवाहरु पछुताएको चलचित्रमा देखाउन लागेका साथै गाउँ परिवेशबाट रोजगारी खोज्दै राजधानी प्रबेश गरेका युवाले भोग्नु परेको अन्य विविध समस्याहरुको उजागर गरेको नायक ऋतुराज पाख्रीनले बताएको छ । ।

पत्रकार सम्मेलन तथा ट्रेलर सार्वजनिकमा विशेष अतिथि अन्तर्राष्ट्रिय तामाङ परिषदका सचिव रबिन तामाङ, तामाङ कलाकार संघका सचिव सुवास मोक्तान,तामाङ चलचित्र संघ बागमती प्रदेशका अध्यक्ष बिनायक तामाङ, तामाङ पत्रकार संघका महासचिव तिर्थमान बल, निर्देशक तथा नायक अमिर दोङ, वाईबा समाजका अध्यक्ष बिगेन्द्र वाईबा,चलचित्र संघ बागमती प्रदेशका उपाध्यक्ष आसमान वाइवा, निर्देशक विनय दोङ लगायतका अतिथि रहेको थियो ।

यसै चलचित्रको पोस्ट प्रोडक्शन ल्हाप्साङकर्पो म्युजिक सेन्टरले गरेको हो।भने चलचित्र निर्माण पक्षले चलचित्र प्रेमी आम दर्शकहरुलाई चलचित्र प्रदर्शनीमा उपस्थिति लागि अनुरोध समेत गरेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।