तेमाल । काभ्रे तेमाल चोपटारमा अबस्थित तेमाल ह्याल ह्याल थार्पेलिङ गुम्बाको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।
तेमाल गाउँपालिका वडा ९ कन वडा अध्यक्ष चन्द्र बहादुर लामाको प्रमुख अतिथ्यतामा असार ४ गते शनिबार शिलान्यास गरेको हो।
गुम्बालाई बाैद्व धर्म विधि अनुसार लामा धर्मगुरु लोपेन टासी छ्योफेल लामाको विशेष उपस्थितिमा साङ सेरग्याम गरि उक्त गुम्बालाई विधिवत रुपमा शिलान्यास गरेका थिए।
तेमालको चोपटार एक निकै ऐतिहासिकता बोकेको गाउँ हो। धेरै लामा गुरुहरु भएको ठाउँ पनि हो तर दुखको कुरा हालसम्म कुनै गुम्बा थिएन। विशेष गरि गुम्बा निर्माण गर्नका लागि ठाँउकै अभाव थियो। उक्त पवित्र धार्मिक गुम्बा निर्माण गर्नका लागि महान मनको धनी कामी सि लामा, दावा ग्याम्जो लामा र मिवाङ लामाद्वारा जग्गा दान दिएर मात्रै गुम्बा निर्माण गर्न सम्भव भएको अध्यक्ष चन्द्रबहादुर लामाले बताए ।
अध्यक्षले भने गाउँ समाजको धेरै बर्ष देखिको गुम्बा बनाउने सपना थिए।अब जुन सपना पूरा गराउने बताउदै गुम्बा निर्माण गर्न जग्गा दान दिनेहरु प्रति विशेष धन्यवाद व्यक्त गर्दै अब गुम्बा निर्माण प्रक्रिया जसरी भएपनि सम्पन्न गर्ने प्रतिबद्धता समेत गरेका छन् ।
कार्यक्रमबाट गुम्बा निर्माणका लागि कान्छाराम तामाङले रु २ लाख, विष्णु बहादुर तामाङले १ लाख ,वीरवल लामाले १५ बोरा सिमेन्ट र काइला तामाङले रु १० हजार रुपैयाँ सहयोग गरेका छन्।
उक्त शिलान्यास कार्यक्रम गुम्बाका मुख्य लामा गुरु श्री वाङगेल लामा, लामाहरु अष्ट लामा,इन्द्र लामा कामी सि लामा,ग्याम्जो लामा, वीर वहादुर योञ्जन, गोपी लाल लामा, उर्गेन लामा साथै अन्य लामाहरुको उपस्थिति रहेको थिए।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।


















