नेपाली विधार्थि समाज दक्षिण कोरिया(सोनसिक) को सातौं खेलकुद महोत्सव तथा नव आगन्तुक विधार्थी स्वागत तथा १७औ कार्यसमितिको बिदाई कार्यक्रम यही जून  १८ र १९ तारिख याङनम युनिभर्सिटीमा सफलतापूर्वक सम्पन्न भएको छ ।

कार्यक्रमको पहिलो दिन नव आगन्तुक विद्यार्थीहरू लाई स्वागत सँगै कोरियामा अध्यनरत अग्रजहरूको अनुभव साटासाट, १७औ कार्यसमितिको, सामुहिक भोजन बिदाई तथा अन्तरक्रिया सहित रात्रीकालिन विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।

सभापति दीर्घ राज जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सोनसिकका सचिव ग्रिन्सन शर्मा तथा सहसचिव मानिस पाण्डेले गरेका थिए ।

दोस्रो दिन वृहत् खेलकुद कार्यक्रमको आयोजना गरिएको थियो । उक्त मेलामा फुटसल, भलिबल, कबर्दी, स्किप्पिंग तथा ब्याटमिन्टन् खेलहरु खेलाइएको थियो ।

फुटसल तर्फ आजो युनिभर्सिटी टिम विजेता तथा जन्बुक युनिभर्सिटी टिम उपविजेता रह्यो भने भलिबलमा याङनम युनिभर्सिटी टिमले बाजी मार्दा सोनसिकको टिमले दोस्रो स्थानमा चित्त बुझायो ।

कबर्दीमा आजो युनिभर्सिटी टिम विजेता तथा सोनसिक टिम उपविजेता रह्यो भने स्किप्पिंगमा सिजन खड्का, किरण नेपाल र अस्मिता श्रेष्ठ क्रमशः पहिलो दोश्रो र तेश्रो भए | त्यसै गरि ब्याटमिन्टन्मा समला श्रेष्ठ,  सिजन खड्का, र सरिता प्याठ श्रेष्ठ क्रमशः पहिलो दोश्रो र तेश्रो भए |

सोनसिकका पूर्व सल्लाहकार तथा समाजसेवी डा. राजेश चन्द्र जोशी, हानेसा जेनेरल सेक्रेटरी जङ होङ क्वाङ, डा. सिद्धार्थ तथा सोनसिक सभापति दीर्घ राज जोशीले विजेता तथा उपविजेता लाई ट्रफी पदक प्रमाण पत्र तथा नगद पुरस्कारले सम्मान गरेका थिए । कार्यक्रम संयोजक तथा सोनसिक खेलकुद उपसमिति संयोजक सूरेन्द्र कुँवरले मन्तव्य राख्दै सबै लाई सोनसिकको यो खेलले जोडेको तथा कार्यक्रम सौहाद्रपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको बताए।

उनले सोनसिक १८औ कार्यसमितिको तर्फबाट कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्ण सहयोगी तथा अहोरात्र खटिने स्थानीय संयोजन समिती प्रति समेत हृदय देखि नै  धन्यवाद व्यक्त गरेका छन् ।

आगामी अगष्ट १३ र १४ मा सोनसिक को वार्षिक साधारण सभा देजनमा गर्ने तय भयको छ |

Comments

comments