काभ्रे जिल्लाको रोशी गाउँपालिकाको ११ औं गाउँसभा सम्पन्न भएको छ । अध्यक्ष दिनेश लामाको अध्यक्षतामा शुक्रबार एक समारोहका बीच सम्पन्न भएको हो ।

गाउँसभामा अध्यक्ष लामाले नीति तथा कार्यक्रम र उपाध्यक्ष मिमबहादुर वाइबाले बजेट प्रस्तुत गरेका थिए ।

गाउँपालिकाले संघीय सरकार तथा प्रदेश सरकार एवं रोशी गाउँपालिकाको आन्तरिक श्रोतबाट प्राप्त कुल रकम ७१ करोड ४६ लाख ८२ हजार आय र सोही अनुसारको व्यय हुने गरी बजेट विनियोजन भएकोे छ ।

जसमध्ये आन्तरिक श्रोतबाट १ करोड ६० लाख, स्थानीय राजस्व बाँडफाँडबाट ४ करोड ५० लाख, संघीय राजश्व बाँडफाँडबाट १० करोड २३ लाख ६३ हजार, प्रदेश राजश्व बाँडफाँडबाट ३ करोड ५२ लाख २८ हजार, संघीय सरकार समानीकरणबाट ११ करोड ६४ लाख, सशर्त अनुदान संघ २८ करोड ५९ लाख विशेष तथा समपुरक अनुदान संघ ३ करोड ७० लाख, प्रदेश सरकार समानीकरण १ करोड ६ लाख १३ हजार, सशर्त अनुदान प्रदेश २ करोड ८७ लाख ७८ हजार, समपुरक तथा विशेष अनुदान संघ ३ करोड ७४ लाख रहेको छ ।

जसमा सडक गुरुयोजना निर्माण, रोशीको गौरव आयोजना, गाउँपालिकाको प्रशासकिय भवन निर्माण सम्पन्न गर्न, लघु तथा साना जलविद्युत आयोजनाहरुको प्रवर्धन, इन्टरनेट सेवा विस्तार लगायतका विकास निर्माणका कार्यहरुमा जोड दिएको प्रवक्ता वसन्त तामाङले जानकारी दिएका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।