काभ्रेको तेमाल गाउँपालिकाको ११ औं गाउँसभा शुक्रबारबाट शुरु भएको छ । सभामा गाउँपालिका अध्यक्ष चन्द्र लामाले आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

अध्यक्ष लामाद्वारा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको छ । १५ गते पूर्ण बजेट प्रस्तुत गर्नेगरि गाउँसभा स्थगित गरिएको गाउँपालिकाले जनाएको छ ।

यी हुन् नीति तथा कार्यक्रमका प्राथमिकताहरु

नीति तथा कार्यक्रममा कृषि तथा पशुपालन

१. तेमालको पहिचान र आर्थिक स्रोतको मुहानको रुपमा रहेको बोधिचित्त मालाको खेतीप्रबर्द्धनमा जोड दिनुका साथै माला निकासीमा सरल र सहज व्यवस्था मिलाइनेछ ।

२. उर्बरायुक्त जमिनको सदुपयोग गरी कृषि क्षेत्रको प्रवर्द्धनका लागि लिफ्टिङ सिंचाईकोथप व्यवस्थालाई निरन्तरता दिइनेछ ।

३. पशुस्वास्थ्यको प्रवर्द्धनका लागि पशुखोपको व्यवस्थालाई निरन्तरता दिइएको छ ।

४. कृषिको विविधिकरण गर्दै सहज लाभको व्यवस्था गर्न हावापानी सुहाउदो फलफुलखेतीका लागि फलफुलको विरुवा वितरण कार्य निरन्तरता गरिनेछ ।

५. कृषकको सहभागिता र साझेदारीमा माटो परिक्षण तथा माटो उपचार कार्यक्रमसञ्चालन गरिनेछ ।

६. पशुपालक कृषकलाई विशेष अनुदान र लक्षित वर्गलाई बाख्रा वितरण कार्यक्रमका साथैतालिमको समेत व्यवस्था गरिनेछ ।

७. एक वडा एक प्राविधिक कार्यक्रमलाई कृषकहरुको समूहमा आबद्ध गरी कृषिकोव्यवसायिकरण गरिनेछ ।

८. कृषि उपजका लागि पकेट क्षेत्रको विकासमा जोड दिइनेछ ।

९. तेमाल गाउँपालिकाको सवै वडामा तरकारी तथा फलफुल खेतीको सम्भाव्यता अध्ययनगरी व्यवसायिक खेतीलाई प्रवर्द्धन गरिनेछ ।

१०. पशुपालनलाई व्यवसायीकरणको लागि किसानहरुलाई ज्ञान, सीप तथा प्रविधि हस्तान्तरण गरी उत्पादकत्व बढाउने नीति लिईनेछ ।

११. कृषक समूहहरुलाई कृषि तथा पशुसेवा सम्बन्धी आधारभूत सेवा प्रवाह सेवा केन्द्रमार्फत वडा वा बस्तीबाटै गरिने नीति लिईनेछ ।

१२. किसानलाई मलको अभाव हुन नदिन गाउँपालिका क्षेत्र भित्र रहेका सहकारीसंग समन्वयगरी अनुदानमा मल विउ विजन वितरण गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।

नीति तथा कार्यक्रममा पर्यटन विकास

१. तोमसोङ्ग कुण्ड, घेलुङ्ग पहरा, नारायणस्थान मन्दिर लगायतका ऐतिहासिक एवं महत्वपूर्ण मठ मन्दिर गुम्बाहरुको संरक्षण तथा उपयोगलाई सम्बन्धित क्षेत्रको आय आर्जनसंगअन्तरसम्बन्धित गर्ने नीती लिइनेछ ।

२. तेमालमा पर्यटन प्रवर्द्धनका लागी तेमाल रोसाइवा तामाङ संग्राहलय निर्माणधिन अवश्थमा
रहेको तथा थप पर्यटन विकासको पर्यटन प्रवर्द्धनका लागि सार्वजानिक, नीजि, सहकारी एवं सामूदायिक क्षेत्रहरुसंग साझेदारी एवं सहकार्य गरी यसबाट प्राप्त लाभहरु आम जनतासम्म पुर्‍याइनेछ ।

३. यस गाउँपालिका क्षेत्र भित्र होटल, रिसोर्ट एवं होमस्टेको सम्भाव्यता बोकेका क्षेत्रहरुकोपहिचान गरी स्थानीय संस्कृति, खानपान एवं उत्पादकत्वको आधारमा होटल, रिसोर्ट एवं होमस्टे प्याकेज संचालन गरिनेछ ।

नीति तथा कार्यक्रममा शिक्षा
१. शिक्षा पूर्वाधारको पनि पूर्वधार हो भन्ने विषय तेमाल गाउँपालिकाले निःसर्तस्वीकार गरेको विषय हो । शिक्षाको विकास विना अन्य कुनै पनि विकासको ढोका खुल्दैन तसर्थ शिक्षाको विकासको लागि देहायको नीति अवलम्बन गर्ने व्यवस्था मिलाएको छुः

२. नेपाल सरकारले घोषणा गरेको सार्वजनिक शिक्षा सवलीकरण दशक ९वि।सं। २०७६(२०८५० मा गुणस्तरीय शिक्षण सिकाइको वातावरण निर्माण गर्न सबै सामुदायिक विद्यालयहरुमा विषयगत रुपमा शैक्षिक सामग्री व्यवस्थापनका लागी आवश्यक स्रोत उपलब्ध गराइनेछ ।

३. विद्यार्थी सङ्ख्या र भूगोलका आधारमा सामुदायिक विद्यालयको मूल्याँकन गरीशिक्षक दरबन्दी मिलान तथा विद्यालय समायोजनको कार्य अगाडि बढाइनेछ ।

४. संविधान प्रदत्त माध्यामिक तहसम्मको शिक्षाको व्यवस्थापन गर्नको लागि संघिय शिक्षा नीति एवं मापदण्डको अधिनमा रही आवश्यकता अनुसार स्वीकृत भई लागू भईसकेका नीति, ऐन, नियमावली तथा कार्यविधि वा निर्देशिका परिमार्जन गरेर वा नयाँ नीति, ऐन, नियमावली तथा कार्यविधि वा निर्देशिका निर्माण गरेर शिक्षा क्षेत्रलाई व्यवस्थापन गर्दै गुणस्तरिय शिक्षा सुनिश्चित गरिने नीति लिइनेछ ।

५. तेमाल गाउँपालिका अन्तर्गत सञ्चालित बाल विकास केन्द्रको नियमित अनुगमन गरी बालमैत्री सूचक बमोजिम सञ्चालन हुने व्यवस्थालाई निरन्तरता दिइनेछ । न्यायोचित वितरण प्रणालीका आधारमा बालविकास केन्द्रलाई शैक्षिक समाग्री वितरणको व्यवस्था र बाल विकास सहयोगी कार्यकर्तालाई तालिमको व्यवस्था मिलाईनेछ ।

६. प्राथमिक तह उमेर समूहका सवै बालबालिकाहरुलाई विद्यालय प्रवेश गराई गुणस्तरिय शिक्षाको पहुँच अभिवृद्धि गर्ने स्टेशनरी सहयोग तथा अन्य विविध कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

७. शैक्षिक गुणस्तरमा सुधार गरी शिक्षकहरुलाई थप विषयवस्तुको अभिबृद्धि गराउन तहगत र विषयगत छोटो अवधिको तालिमको व्यवस्था गरिनेछ ।

८. विद्यालयले प्राप्त गरेको शैक्षिक नतिजाका आधारमा उत्कृष्ठ ठहरिएका विद्यालय, विद्यार्थी, कर्मचारी र द्यालय व्यवस्थापन समितिलाई उचित पुरुस्कार प्रोत्साहन दिइनेछ ।

९. तेमालको भावी शैक्षिक कार्यदिशा निर्धारण गरी योजनाबद्ध ढंगले शिक्षा क्षेत्रलाईअघि बढाउन तेमाल गाउँ शिक्षा योजना निर्माण गरी कार्यान्व यनमा ल्याईनेछ ।

१०. एक आपसमा समन्वयात्मक सूचना सम्प्रेषण र शैक्षिक गतिविधि संचालनका लागिआवश्यकता अनुसार प्रधानाध्यापकहरुको बैठक संचालन गरिनेछ ।

११. विद्यालयस्तरीय कार्यक्रम कार्यान्वयन, प्रवर्द्धन गर्न र शिक्षकलाई उत्प्रेरणा प्रदान गरी सकारात्मक सुझाबको नीति अवलम्बन गर्न विद्यालयको नियमित अनुगमनलाई जोड दिईनेछ । साथै सबै शिक्षकहरुलाई अभिभावकसंग नियमित सम्पर्क गर्नुपर्ने नीति लिइएको छ ।

१२. विद्यालय व्यवस्थापन समितिले प्राज्ञिक वातावरण बनाउने र प्रधान अध्यापकले प्राज्ञिक परिणाम दिने गरी वडा शिक्षा समितिको समेत परिचालन गरिनेछ ।

१३. प्रविधि मैत्री शैक्षिक वातावरण निर्माण गर्नका लागि कम्प्यूटर नभएका सवै विद्यालयहरुमा कम्प्यूटरको व्यवस्थापन गर्दै जाने, तहका सवै विद्यालयमा सिसि क्यामाराको माध्यमबाट नियमित अनुगमन गर्ने व्यवस्थालाई निरन्तरता दिइनेछ ।

१४. तेमालको अभियान प्रतिभा पहिचानू कार्यक्रमलाई थप सुव्यवस्थित गरीविद्यालयका विद्यार्थीहरुको क्षमता र प्रतिभालाई थप प्रोत्साहित गरिनेछ ।

१५. विद्यालयबाट सवै परीक्षाको सिकाइ उपलव्धी विश्लेषण गराई न्यूनतम सिकाईउपलब्धी कायम गर्दै थप शैक्षिक गुणस्तर सुधारका लागि शिक्षण सिकाई सुधार कार्यक्रम लागू गरिनेछ ।

१६. विद्यार्थीहरुको अलग प्रतिभा पहिचानका लागि विविध सह क्रियाकलाप र खेलकुदप्रतियोगिता संचालन गरिनेछ ।

१७. शिक्षालाई सिपसंग, सिपलाई श्रमसंग, श्रमलाई रोजगारीसंग, रोजगारीलाई उत्पादनसंग र उत्पादनलाई समृद्धिसंग जोडी सुखि र समृद्ध नेपालीको राष्ट्रिय परिकल्पना पुरा गर्ने दिशामा तेमाललाई अग्रसर गराउन सवैको सहमतीमा प्राविधिक धारको शिक्षालय स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिनेछ ।

१८. शैक्षिक गुणस्तर सुधारका लागि विविध शैक्षिक गतिविधि तथा छोटो अवधिका तालीम, कार्यशाला र गोष्ठी संचालन गरिनेछ ।

१९. निरन्तर शिक्षाका कार्यक्रम संचालनका लागि सामुदायिक सिकाई केन्द्रलाई परिचालन गरिनेछ ।

नीति तथा कार्यक्रममा खेलकुद

१. गाउँपालिका स्तरीय खेलकुद समिति मार्फत खेलकुद विकासका कार्यक्रम संचालनगरिनेछ ।

२. विद्यालयस्तरमा हुने खेलकुद तथा अतिरिक्त क्रियाकलापको वार्षिक कार्यतालिकानिर्माण गरी खेलकुद र अतिरिक्त क्रियाकलापको संचालन गरिनेछ ।

३. गाउँपालिकाको गौरबको योजनाको रुपमा वडा नं।(७ चापाखोरी रंगाशाला एकराष्ट्रियस्तरको मापदण्ड पुरा हुने गरी खेल मैदान निर्माण गरिनेछ । साथै गाउँपालिका क्षेत्र भित्र रहेका अन्य खेल मैदानहरुको क्रमशः स्तर बृद्धि गर्दै एकवडा एक खेल मैदानको नीतिलाई निरन्तरता दिइनेछ ।

४. तेमाल गाउँपालिकाका राष्ट्रियस्तरका खेलाडीहरुको अभिलेख राखि त्यस्ता खेलाडीबाट स्थानीयस्तरको खेलकुद विकासको लागि सहकार्य गरिनेछ ।

नीति तथा कार्यक्रममा स्वास्थ्य

  • गाउँपालिकामा स्थायी रुपमा बसोबास गर्ने ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई ५०% प्रतिशत अनुदानमा स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गर्ने निति लिइएको ।

  • तेमाल गाउँपालिकाको पोखरी नारायणस्थानमा अस्पताल सेवा सुचारु गर्ने निति लिइएकोछ

  • तेमाल गाउँपालिकामा लक्षित समुहका सम्पूर्ण वालबालिका हरुलाई पूर्ण खोप लगाईने निति लिइएको छ ।

  • गर्भवती महिलाहरुको लागि पौष्टिक आहाराको व्यवस्थापन गर्ने निति लिइएको छ ।

  • तेमाल गाउँपालिका अन्तर्गतका गर्भवती महिलाहरुलाई प्रसुति केन्द्रमा सुत्केरी गराए प्रश्चात यातायात लागि ऐम्बुलेन्स सेवा निशुल्क गर्ने निति लिइएकोछ ।

  • तेमाल गाउँपालिका भित्रका गर्भवती तथा सुत्केरी महिलाहरुलाई जटिल समस्या भई अन्य अस्पतालमा रिफर गर्नुपर्दा ऐम्बुलेन्स सेवा निशुल्क गर्ने निति लिइएकोछ ।

  • सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत गर्भवती महिलाहरुलाई पोखरी नारायण्थान स्वास्थ्य चौकीमा रहेको ल्याबमा ए।एन् सि। प्याकेज परिक्षण निशुल्क गर्ने निति लिइएकोछ ।

  • नसर्ने रोगहरुको पहिचान, उपचार र समुदायमा पुनस्थापना कार्यक्रम संचालन गर्ने निति लिइएकोछ ।

  • तेमालका ४१ वटा सामुदायिक विधालयहरुमा विधालय स्वास्थ्य कार्यक्रम संचालन गरि सेवा दिने निति लइएकोछ ।

  • स्वास्थ्यकर्मीहरुलाई अत्यावश्क तालिमको व्यवस्था गरी गुणस्तरीय सेवा प्रदान गर्न प्रोत्साहन गर्ने निति लिइएकोछ ।

  • तेमाल गाउँपालिकाका सबै स्वास्थ्य संस्थाहरुमा टि।टि। खोप निशुल्क प्रदान गरिने छ ।

  • तेमाल गाउँपालिकामा रहेका गाउँघर क्लिनिक तथा खोप क्लिनिकलाई व्यवस्थित गरि गुणस्तरीय सेवा प्रदान गरिने छ ।

  • क्षयरोग निवारणको लागि बस्तीस्तरमा खकार परिक्षणको शिविर संचालनमा निरन्तरता दिईने छ ।

  • महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई प्रोत्साहन गरिने नीति लिईने छ ।

  • कुनैपनि बालवालिकाले कुपोषणको शिकार हुन नपरोष भन्ने नीतिलाई अंगीकार गरी ५वर्षमुनिका कुषोषित बालबालिकाहरुलाई पौष्टिक आहाराको व्यवस्थापन गर्ने निति लिइएकोछ ।

  • सबै स्वास्थ्य संस्थाहरुमा निशुल्क औषधीको व्यवस्थापन गरी गुणस्तरीय सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिईने छ ।

  • तेमाल गाउँपालिकामा बसोबास गर्ने सम्पूर्ण लक्षित समुहका व्यक्तिहरुलाई कोभिड(१९ विरुद्ध खोप लगाईने निति बनाइएकोछ ।

नीति तथा कार्यक्रममा खानेपानी

  • प्राणीको जीवन रक्षाको दोस्रो आधार पानी भएकोले खानेपानीको सुव्यवस्था गरिनेछ ।

  • सवै नागरिकमा शुद्ध पिउने पानीको सहज पहुँच विस्तार कार्यलाई निरन्तरता गरिनेछ ।

  • स्थानीयस्तरमा रहेको पानीको मुहानहरुको संरक्षण, सम्बर्द्धन र प्रयोग गर्न तथा टोल वस्तीका पानीका परम्परागत मुहानहरुलाई स्वच्छ र सफा राख्न प्रत्येक वडा समितिको अगुवाईमा टोल विकास संस्था, सामुदायिक संघसंस्था तथा स्थानीय समुदाय परिचालन गर्ने नीति अवलम्बन गरिनेछ ।

  • संचालनमा रहेका खानेपानी योजनाहरुको दिगो संचालन, मर्मत सम्भार, क्षमता अभिबृद्धि तथा पुनः निर्माण जस्ता कार्य उपभोक्ताहरुको समेत लगानी तथा सहभागितामा संचालन गरी गराई आधारभुत खानेपानी सेवाको सुनिश्चितता गर्न र खानेपानी सेवा नपुगेको टोल वस्तीमा खानेपानी सेवा पुर्याउने कार्यको लागि योजना तथा कार्यक्रम पालिकाको आफ्नै लगानीमा र अन्य संघसंस्थाको साझेदारीमा संचालन गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।

  • टोल वस्तीमा रहेका सानातिना पोखरीहरु समुदायको अगुवाईमा संरक्षण गर्ने अभियान संचालनमा जोड दिइनेछ ।

  • सडक लगायत भौतिक पूर्वाधारहरुको निर्माण गर्दा गराउँदा पानीको मूल र स्रोतमा हुन सक्ने क्षतीलाई न्यूनिकरण गर्ने उपायहरु अवलम्बन गर्ने कार्यलाई कार्यमा जोड दिइनेछ ।

  • तेमाल बृहद खानेपानी आयोजना समयमै सम्पन्न गर्न गाउँपालिकाको तर्फबाट अनुगमन एवं ध्यानाकर्षण गराईनेछ ।

नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार

गाउँपालिकाको स्थानीय सडक, रणनीतिक सडक, कृषि सडकहरुको वर्गिकरण गरी सडक सञ्जाललाई व्यवस्थित गरिनेछ ।

  • यातायात सुविधा तथा वडाहरुको भौगोलिक सन्तुलनको आधारमा क्रमशः बाहै महिना संचालन गर्ने गरी स्तरोन्नती गर्नुका साथै ढलान र कालोपत्रे गर्ने तर्फ संघिय र प्रदेश सरकारसंग पहल गर्ने र गाउँपालिकाकै स्रोत परिचालन गरी कार्यान्वयन गर्ने निति लिइएको छ ।

  • वडा कार्यालयबाट गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई सडकको मापदण्ड अनुसार बाहै महिना निर्वाध रुपमा सवारी साधन संचालन गर्न सक्ने गरी स्तरोन्नती गर्न प्राथमिकता दिइनेछ ।

  • विकासको मुख्य आधार सडक भएकोले तेमालको रणनैतिक योजनाको रुपमा राष्ट्रिय राजमार्गबाट तेमाललाई सहज रुपमा जोड्ने गरी सडक स्तरोन्नती गर्ने नीति लिइएको छ ।

  • भवन निर्माण तर्फ स्थानीय सरकार संचालन ऐन, २०७४ बमोजिम गाउँपालिका क्षेत्र भित्र भवन निर्माणलाई व्यवस्थित गर्ने नीति लिइनेछ । साथै राष्ट्रिय भवन संहिता, २०६० बस्ती विकास शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड,२०७२ तथा भवन निर्माणको नमूना मापदण्ड, २०७१ लाई पालना गर्दै र गराउँदै गाउँपालिका क्षेत्रमा बस्ती विकास गर्ने नीति लिइनेछ ।

  • निर्मित पूर्वाधारहरुको नियमित मर्मत सम्भार, संचालन, संरक्षण एवं सम्बर्द्धन गर्न मर्मत सम्भार कोष स्थापना गरिनेछ । साथै पूर्वाधार निर्माणमा उपभोक्ता समितिहरुको प्रभावकारी परिचालन गर्ने नीति लिइनेछ ।

  • पूर्वाधार निर्माणको क्रममा पर्यावरणीय जोखिम तथा वातावरणीय प्रभाव मूल्याङ्कन गरेर मात्र स्वीकृती गर्ने निति लिइनेछ।

भौतिक पूर्वाधार सूचना, संचार तथा प्रविधि

१. तेमाल गाउँपालिकालाई सूचनामैत्री बनाई स्थानीय सञ्चार माध्यमहरुको विकास र प्रवर्द्धन गरिनेछ । स्थानीय पत्र(पत्रिका, रेडियो तथा अनलाइनहरुलाई थप व्यवस्थित, विश्वसनीय र प्रतिष्पर्धी बनाइनेछ ।

२. राजस्व संकलन सेवा लगायत सहज सूचना प्रवाहको लागि ३ वटा वडा कार्यालयसम्म आफ्नै फाइबर मार्फत पुर्याइएको र बाकी ६ वटा वडाहरुमा यसै अप्टिकल फाइबर जडान गरी गाउँपालिका केन्द्रसँग सोझै जोडिने छ। यसबाट वडाहरुमा इन्टरनेट राजश्व संकलन, सिसिक्यामेरा सर्भेलेन्स, ई हाजिरी व्यवस्थापन लगायतका कार्यमा सहजीकरण हुनेछ।

३. गाउँपालिकाको प्रशासनिक कार्यलाई व्यवस्थित बनाउँन र कागज रहित तथा अनलाईन सेवाको प्रबर्द्धन गर्न आवश्यक सूचना प्रविधि पूर्वाधार सहित यस क्षेत्रमा प्रयोग भईरहेका सफ्टवेयरप्रयोगमा जोड दिईने छ।

४. सबै कर्मचारीहरुलाई सूचना प्रबिधि मैत्री बनाउनको लागि सूचना प्रविधि सम्बन्धि प्रशिक्षणकार्यक्रम संचालन गरिने छ।

५. गाउँपालिका भित्रका सम्पूर्ण डाटा व्यवस्थापन को लागि आफ्नै सर्भरको व्यवस्था गरिएको छ।
साथै आर्थिक कारोबार लाइ ऋथदभच तजचभबतक बाट बचाउनको लागि ँष्चभधबिि कथकतझ,क्क्ी,सर्भर अपग्रेड र डाटा ब्याकअपको ब्यवस्थापन गरेको छु।

६. सेवाग्राहीको अधिकारलाई सम्वोधन गर्दै सवै वडा कार्यालय र विषयगत इकाइमा क्षतिपूर्तिसहितको नागरिक वडापत्र जारी गरिएको मा सो को प्रभावकारी कार्यान्वयनका लागि कर्मचारीहरुलाई उत्तरदायी बनाईने छ। यसबाट गाउँपालिकाको सेवा प्रवाह अझै प्रभावकारी र विश्वसनीय हुने विश्वास लिइएको छ।

७. सेवा प्रवाहका हरेक क्षेत्रमा प्रबिधिको विकास तथा बिस्तार गरी भ्(न्यखभचलबलअभ लाई तिव्रता दिईने छ। सेवाहरुलाई प्रथम चरणमा कम्प्युटर प्रविधिमा आधारित तथा दोस्रो चरणमा इन्टरनेटमा आधारित यलष्लिभ क्भचखष्अभ बनाई प्रवाह गर्ने नीति रहेको छ।

८. अनलाईन मार्फत उपलब्ध गराउन सकिने सबै प्रकारका सेवाहरुलाई गाउँपालिकाको आफ्नै वेव ईमेल इन्टरनेटको माध्यमबाटै उपलब्ध गराउन म्ष्नष्तब िम्झबलम, म्ष्नष्तबििथ क्भचखभ को नीति अवलम्बन गरिनेछ। आम गाउँबासीलाई सेवा तथा सूचना दिने प्रयोजनको लागि ल्याईएको छ ।

९. गाउँपालिकाबाट जारी गरिने सेवा तथा सेवा लिन सम्पर्क राख्न पर्ने स्थानहरु, एवम् सूचना तथा सार्वजनिक जानकारीका विषयहरुको अलावा नागरिकरुको दैनिकी संगजोडिएका विविध विषयहरुगाउँपालिको वेवसाइट तथा अधिकारी फेसबुक मर्फत गाउँबासीको समक्ष पुयाइनेछ।

१०. कर्मचारीहरुको कार्य सम्पादनमा अधारित प्रोत्साहन प्रणाली यसै श्रावण महिना देखि लागु गरिने छ। कर्मचारीहरुको कार्य सम्पादन मूल्याङ्कन पद्दतिलाई प्रभावकारी र वैज्ञानिक बनाई सेवामुखी एवम् जवाफदेही बनाइनेछ।

११. पारदर्शिता एवम् सुशासनका लागि गाउँपालिकासँग सम्बन्धित सूचनाहरुलाई विद्युतीय तथा सञ्चार माध्यमबाट सार्वजनिकीकरण गरिनेछ। राजपत्रको नियमित प्रकाशनको व्यवस्था गरिनेछ।

१२. गाउँपालिकाले तर्जुमा गरेका सबै नीति तथा कानुनहरु गाउँपालिकाको वेवसाइटमार्फत सार्वजनिक गरिनेछ। वेवसाईट नियमित रुपमा अद्यावधिक गर्ने व्यवस्थामिलाएको छु।

१३. गाउँपालिकाको संगठनात्मक संरचना तथा आवश्यक कर्मचारी दरबन्दी गत परिषदबाटस्वीकृत भई सञ्चालन हुँदै आएकोमा स्थानीय पुनःसंरचना पश्चात्को संगठनात्मक स्वरुप बमोजिम दरवन्दी व्यवस्थामा पुनरावलोकन गरिनेछ।

१४. वडा तथा गाउँपालिकामा कार्यरत कर्मचारीको क्षमता विकास गर्न कार्य क्षमता तथा रुचीको
आधारमा सरुवा तथा जिम्मेवारी हेरफेरको नीति अवलम्बन गरिनेछ।

१५. गाउँपालिकाको संस्थागत क्षमता अभिवृद्धि तथा मानव संसाधन विकासका लागि गाउँ क्षमता विकास योजना तर्जुमा गरिनेछ। वडा कार्यालयलाई नागरिकहरुको पहिलो र नजिकको सरकारको रुपमा विकास गरिनेछ।

१६. वडा कार्यालयहरुलाई भौतिक सुविधा सम्पन्न गरिदै लगिनेछ र आवश्यक जनशक्तिको व्यवस्था गरिनेछ। प्रत्येक कार्यालयहरुमा रहेका नागरिक वडापत्र नियमित अद्यावधिक गरिनेछ।

१७. गाउँपालिकामा आबश्यक र उपयुक्त थप कानूनहरुको तयार गरी गाउँवासीहरुलाई सरल, सहज रप्रभावकारी सेवा प्रदान गरिनेछ।

१८. यस गाउँपालिका क्षेत्रलाई सुशासन मैत्रीगाउँ न्ययम न्यखभचलबलअभ ँचष्भलमथि ऋभलतभच बनाउन आवश्यक कार्यारम्भ विगत वर्षबाट सुरुवात गरिएकोमा उक्त कार्यलाई प्रभावकारी बनाउन निरन्तरता दिई सुशासनको अनभूति दिलाउने गरी सेवा तथा कार्यक्रम सञ्चालनको नीति लिइनेछ।

१९. गाउँपालिकाबाट सम्पादन हुने हरेक आयोजना तथा कार्यक्रमहरुको सार्वजनिक परीक्षण, सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण जस्ता कार्यहरुबाट पारदर्शिता एवम् स्थानीय सुशासन कायम गरिनेछ। गुनासो सुन्ने र समाधान गर्ने परिपाटीको विकास गरिनेछ। सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी र विश्वसनीय बनाइनेछ। गुणस्तर मापदण्ड बनाई लागू गरिनेछ। विकास कार्यहरुको ब्यवस्थितअनुगमन नीति तथा प्रणाली स्थापना गरी कार्यान्वयन गरिनेछ।

२०. आर्थिक पारदशिताको लागि वडा कार्यालयमा कार्यरत विषयगत शाखाका कर्मचारी, वडा सचिव तथा उपभोक्ता समिति सार्वजनिक खरिद प्रक्रिया सम्बन्धी अभिमुखीकरण तालिम उपलब्ध गराईनेछ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।