भक्तपुर । गायक तथा संगीतकार जगत घिसिङको “जोमसोम पारि मायालु” बोलको गीत सार्वजनिक भएको छ।

शनिबार पुर्व माननीय तथा नेपाली काङ्ग्रेसका काभ्रे जिल्ला सभापति तिर्थ लामाको प्रमुख अतिथ्यतामा फ्रेन्डसीप रेष्टुरेन्ट सुर्यविनायकमा पत्रकार सम्मेलन गरि उक्त म्युजिक भिडियो बजारमा ल्याएको हो ।

शब्द, संगीत र स्वर जगत घिसिङको रहेको गीतमा तामाङ चलचित्र महानायक अमिर दोङ र मोडल सुनिता योञ्जनले अभिनय गरेका छन् ।

निर्देशन र छायांकन र सम्पादक विवेक लामाले गरेको भिडियो हो भने अडियोको एरेञ्ज चाद सि र मिक्सिङ दिपेस प्रधानले गरेका छन् ।

कार्यक्रममा विशेष अतिथि राष्ट्रिय तामाङ घेदुङका सञ्चार विभाग कर्म लामा, महानायक अमिर दोङ रहेको थिए भने अतिथि तामाङ राष्ट्रिय घेदुङका साँस्कृतिक विभाग अभिषेक तामाङ, युवा नेता बुद्ध मोक्तान, समाजसेवी सागर घिसिङ लगायतका अतिथिहरुका उपस्थिति रहेको थिए ।

गायक जगत घिसिङको सभापतित्वमा सम्पन्न कार्यक्रम सुदिन दोङले सञ्चालन गरेको थियोे ।

म्युजिक  भिडियो यस्तो छ हेर्नुस्

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।