काठमाडौं ।पुर्व राष्ट्र सेवक, समाजसेवी तथा तामाङ चलचित्र संघको वाग्मती प्रदेशका उपाध्यक्ष आस्मान वाइवाले आफ्नो जन्मदिनको शुभअवसरमा अनाथ बालबालिकाहरुलाई ३० किलोको चामल १० बोरा, ४ बक्स तेल,अन्य खाद्यान्न सामग्रीहरु वितरण गरेको छ।
२०७२ सालमा कलाकार सुलेमान शंकर (ईकु)ले स्थापना गरेको स्नेह आश्रम मुलपानी रहेको १६ अनाथ बालबालिकाहरुलाई खाद्यान्न दिएको हो।
समाजसेवी आस्मान वाइवाले स्नेह आश्रममा नै केक काट्दै भने विभिन्न रेष्टुरेन्टमा गएर खर्च गर्ने भन्दा बरु स्नेह आश्रमलाई केही खाद्यान्न वितरण गर्न पाउँदा आफु निकै खुशी भएको बताए।साथै आफुले सकेको निरन्तर यस्तै अनाथ बालबालिकाहरुलाई सहयोग गर्ने प्रतिबद्ध समेत गरेको छ।
उक्त खाद्यान्न वितरण गर्न समाजसेवी प्रेम लामा, मिसन समृद्ध नेपालका सचिव सरोज लामा नायक दावा फिन्चो तामाङ लगायत कार्यक्रमा सहभागी भएको थिए।
























