काभ्रे जिल्लाको खानी खोला गाउँपालिकाले आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधार जस्ता विषयहरुलाई प्राथमिकताका साथ अघि सारेको छ । गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)ले ११ औं गाउँसभामा प्रस्तुत गरेको उक्त नीति तथा कार्यक्रममा यी विषयहरुलाई प्राथमिकतामा राखिएको हो ।

काभ्रेको कर्णाली भनेर परिचित यस गाउँपालिकाको आउने आर्थिक वर्षको नीति तथा कार्यक्रमले अब विकासको गति तिब्र हुने आशा जगाएको छ ।

अध्यक्ष थिङले प्रस्तुत गरेका नीति तथा कार्यक्रमका मुख्य–मुख्य बुँदाहरु

‘दुध उत्पादक किसानलाई अनुदान’

  • दुध उत्पादक किसानलाई कार्यविधि निर्माण गरी प्रति लिटर रू. २ को दरले अनुदानको व्यवस्था मिलाइनेछ ।

  • कृषि एवं पशुपन्छी सम्बन्धि कार्यक्रमलाई सहकारी र समूह मार्फत सञ्चालन गर्ने कार्यमा जोड दिइनेछ ।

बाँसघारी र मिल्चेमा लिफट खानेपानी

  • बासँघारी लिफ्ट खानेपानी तथा मिल्चे लिफ्ट खानेपानी योजनाका लागि विस्तृत सम्भाव्यता अध्ययन गरी कार्यान्वयन गरिनेछ ।

  • खानेपानीको लागि ९ल्भ्ध्ब्ज्० संस्था सँग सहकार्य गरी साझेदारीमा योजना कार्यान्वयन गर्न सम्झौता बमोजिम कार्य गरिनेछ ।

  • खानेपानीको समस्या भएका गाउँपालिकाको सबै ठाउँमा बृहत खानेपानी आयोजना मार्फत खानेपानीको व्यवस्था गरिनेछ ।

कफीमा जसको उत्पादन, उसैलाई अनुदान

  • यस पालिकाको प्रमुख उत्पादनको रूपमा रहेको कफि खेतीलाई खानीखोलाको मुख्य नगदी बालीको स्तरमा विकास गरी ‘कफिमा जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रम सञ्चालन गरिनेछ र आम कफि उत्पादन गर्ने कृषकहरूलाई सहकारीमा आवद्ध गराई उत्पादन कार्यमा सहकारी नीति लागू गरिनेछ । खानीखोला गाउँपालिका भित्र कफि पकेट क्षेत्रको रुपमा थप विकास र वृद्धि गरिनेछ ।

  • खानीखोला गाउँपालिकाका अति विपन्न तथा असहायहरूको स्वास्थ्य उपचारको लागि विपन्न तथा असहाय कोष स्थापना गर्न कार्यविधि बनाई उचित व्यवस्था मिलाइनेछ ।

  • खानीखोलामा बालबालिका, वृद्ध(वृद्धा तथा सुत्केरीहरूको स्वास्थ्य अवस्था बुझ्नका लागि स्वास्थ्य घुम्ती टोली गठन गरी प्रत्येक १र१ महिनामा सेवा सुचारू गरिनेछ ।

  • बर्षमा दुई पटक गाउँपालिका स्तरीय एकिकृत स्वास्थ्य सिविर सञ्चालन गरिनेछ ।

  • यस गाउँपालिकामा सुत्केरी महिलाहरूको लागि निःशुल्क एम्बुलेन्सको प्रवन्ध मिलाइनेछ ।

  • महंगो स्वास्थ्य सेवाका कारण सामान्य व्यक्तिको पहुँच बाहिर रहेको मुटु, मृगौला लगायत अन्य घातक रोगको उपचारमा पालिका वासिलाई सहायता उपलब्ध गराउन आवश्यक कार्यविधि बनाई पालिका नागरिक सहायता कोष स्थापना गरिनेछ ।

  • कोषलाई बृहत बनाउनको लागि, संघ संस्थाहरूले समेत सहकार्य गरिने नीति ल्याइनेछ ।

घटना दर्ताका लागि शिविर

जन्म दर्ता, बसाई सराई दर्ता, सम्बंध बिच्छेद दर्ता, विवाह दर्ता, मृत्यु दर्ता सामाजिक सुरक्षा भत्ता वितरणमा भएको जटिलता लाई सरलिकृत गर्न आवश्यक पहल गरिनेछ ।

गाउँपालिकाको हरेक वडामा घटना दर्ता सम्बन्धीका घुम्ति शिविर सञ्चालन गरी सचेतना अभिवृद्धी गरिनेछ।

खानीखोला सरकारको अभिभारा, एकघर एकधारा

  • खानीखोला गाउँपालिका भरीका बस्तिहरूमा रहेको खानेपानीको अव्यवस्था र अभावलाई पुर्ति गर्ने नीति बनाइ आगामी पाँच बर्ष भित्र ‘खानीखोला सरकारको अभिभारा एक घर, एक धारा’ कार्यक्रम लागु गरिनेछ।

  • बासँघारी लिफ्ट खानेपानी तथा मिल्चे लिफ्ट खानेपानी योजनाका लागि विस्तृत सम्भाव्यता अध्ययन गरी कार्यान्वयन गरिनेछ ।

पालिकामा रंगशाला वडामा खेलमैदान

– गाउँपालिका स्तरीय एक रङ्गशाला निर्माणका लागि संघ र प्रादेशिक सरकार सँग समन्वय गरी आवश्यक नीति निर्माण गरी कार्यान्वयनमा ल्याइनेछ ।

एक वडा एक खेलमैदान निर्माण गरिनेछ ।

– गाउँपालिकाले खेलकुद सम्बन्धी नीति निर्माण गरी पालिका भित्रका खेलकुद गतिविधिलाई व्यवस्थित बनाउदै लगिनेछ ।

कार्यालयमा अब ई–हाजिरी

– गाउँपालिका अन्तर्गतका हरेक कार्यालयमा ई–हाजिरीको व्यवस्था गरिनेछ ।

– गाउँपालिका अन्तर्गतका हरेक कार्यालयमा गुनासो पेटीका राखी मासिक रूपमा सो को सुनुवाई गरिनेछ ।

सहिद पार्क निर्माण

यस खानीखोला गाउँपालिकाबाट दस बर्षे जनयुद्धको क्रममा विभिन्न स्थानमा पुगि सहादत प्राप्त गर्नु भएका १६ जना महान सहिदहरूको स्मृतिमा एक सहिद पार्क निर्माण गरिनेछ ।

कक्षा ८ को परिक्षा प्रणालीमा कडाई

कक्षा ८ को परिक्षालाई पालिका स्तरिय परीक्षाको रूपमा सञ्चालन गरिनेछ र कक्षा ८ को परीक्षालाई होम सेन्टर विहिन बनाइ र उत्तर पुस्तिका परीक्षणमा कोडिङ र डि–कोडिङ विधि अपनाइने छ ।

स्वयंसेवक शिक्षक भर्ना गरिने

यस गाउँपलिकामा रहेका स्थायी, करार शिक्षक र गाउँपालिकाको स्रोत अन्तर्गत रहेको शिक्षकहरूको समेत विवरण तयार गरी विद्यार्थी संख्या, आवश्यकता र औचित्यको आधारमा शिक्षकहरूको पुर्नवितरण गरिनेछ र गाउँपालिकामा स्वंयसेवक शिक्षकको व्यवस्थाको लागि कार्यविधि निर्माण गरी व्यवस्थापन गरिनेछ ।

डम्फू पार्क निर्माण

तामाङ सामुदायको संस्कृति सँग जोडिएको अत्याधिक लोकप्रिय बाजा डम्फु र सो डम्फुको नामसँग जोडिएको पेङदोर्जेको प्रतिमा सहितको पहिचान झल्किने गरि पेङदोर्जे डम्फ पार्क निर्माण गरिनेछ ।

‘समृद्ध महिला, उन्नत पालिका’

  • ‘समद महिला, उन्नत पालिाका’ नारालाई सार्थक बनाउन महिला उद्यमी निर्माण सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ ।

  • खानीखोलाको गाउँपालिका केन्द्र रहेको बस्ती ताल्ढुंगा स्वयम ताल्ढुंगा भन्ने एक ऐतिहासिक ढुंगाबाट बनेको र छुट्टै परिचय बोकेको तथ्यलाई थप स्थापित गर्न र सोही मार्फत ताल्ढुंगाको सौन्दर्य र पर्यटन विकासको सम्भावना रहेको अवस्थालाई यलभ म्बथ, त्बबमिजगलनब क्तबथ, कार्यक्रम मार्फत पर्यटन विकास गरिनेछ ।

ताल्ढुंगामा हाट बजार

गाउँपालिकाको केन्द्रमा किसानहरूद्वारा उत्पादित बस्तुहरूलाई व्यवस्थित एवम् बजारीकरण गर्नको लागि एक कृषि हाट बजार स्थापना गरी सञ्चालनमा ल्याइनेछ ।

ज्येष्ठ नागरिकका लागि विश्रामस्थल

  • ज्येष्ठ नागरिक विश्रामस्थल चौतारो निर्माण र प्रवद्धन गरिनेछ ।

  •  पालिका भरिका परम्परागत सीपलाई आधुनिकीकरण गर्नका लागि प्रोत्साहन गरिनेछ ।

  • ज्येष्ठ नागरिकहरूको लागि पूर्णकालिन वा दिवा सेवाकेनहरू स्थापना गरी सञ्चालनमा ल्याइनेछ ।

  • महिला, बालबालिका, एकल महिला, अपाङ्गता, ज्येष्ठ नागरिक आदिको वार्षिक तथ्या्र व्यवस्थापन तथा अद्यावधिक गरिनेछ ।

  • अपाङ्गता परिचयपत्र वितरण, सामाजिक सुरक्षामा आवद्धता लगायतका कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गरिनेछ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।