काठमाडौ । तामाङ गीत “चुई चुई ङोसी”बोलको गीतमा युवा निर्देशक तथा मोडल प्रतीक ङ्यसुर र गायिका पुजा तामाङले निकै रोमाञ्चक डान्स गरेको गीत बजारमा सार्वजनिक भएको छ।

असार १५ गते बुधबार वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङको प्रमुख आतिथ्यतामा बाैद्व स्थित सेकुवा जक्सनमा पत्रकार सम्मेलन गरी उक्त गीतको म्युजिक भिडियोलाई बजारमा ल्याएको हो।

तामाङ सांगीतिक क्षेत्रमा प्रतीक ङ्यासुर निर्देशक र पुजा तामाङ गायिका रुपमा चिनिन्छ ।तर यस “चुई चुई ङोसी”गीतमा भने प्रतीक र पुजाले अभिनय मुख्य भुमिका निर्वाह गरेका छन् ।

प्रतीक ङ्यासुर निर्देशकमा अाफ्नो पहिचान बनाउन सफल निर्देशक हुन् ।ङ्यासुरले निर्देशन गरेको दर्जनौं भन्दा बढी गीतहरु बजारमा निकै हिट गीतहरु छन् ।

दिपेश लामा र पार्वती बोम्जनको प्रस्तुती रहेको चुई चुई ङोसी लोकप्रिय गायक तथा संगीतकार विशाल काल्तानको शब्द, संगीत रहेको गीतमा गायक विशाल काल्तान र गायिका पुजा तामाङको आवाज रहेका छन् ।

उक्त म्युजिक भिडियो मोडल स्वयम् ले निर्देशनमा तयार पारिएको हो,भने छायंकन, सम्पादन कुशल क्यामेरा सिनेमाटोग्राफर बिक्रम मोक्तानले गरेको हुन् । भने भिडियोमा ड्रोन क्याप्टेन सन्चु थोकर रहेको छ।

तामाङ सेलो गीतबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेकी गायिका पुजा तामाङले पछिल्लो समयमा तामाङ प्रेमगीत र डान्सिङ गीतहरुमा अावाज रहेको रहेको दर्जनौ गीतहरु सार्वजनिक गरिसकेका छन् । भन्ने यस चुईचुई ङोसी गीतमा भने अभिनयमा मुख्य भुमिका निर्वाह गरेकी छिन् पुजा तामाङ । अडियो गीतको एरेञ्ज मिक्सिङ ध्वनि सम्पादन वरिष्ठ एरेञ्जर दिपेस प्रधानले गरेका हुन् ।

उक्त पत्रकार सम्मेलन कार्यक्रममा विशेष अतिथिमा तामाङ कलाकार संघको पुर्व अध्यक्ष तथा चर्चित गायक सञ्जिव वाइवा, अन्तर्राष्ट्रिय तामाङ परिषदका सचिव सुरेन्द्र थिङ रहेको थियो।

अतिथिमा राष्ट्रिय तामाङ घेदुङका साँस्कृतिक विभागका अध्यक्ष अभिषेक तामाङ,चर्चित नायक सागर घिसिङ चर्चित गायक तथा संगीतकार टीका बम्जन,रचनाकार कुमार स्याङवा, चर्चित गायिका जितु लोप्चन, तामाङ कलाकार संघको कोषाध्यक्ष खेम मोक्तान,मिसन समृद्ध नेपालका सचिव तथा समाजसेवी सरोज लामा समाजसेवी फुर्वा दोर्जे लामा रचनाकार ज्ञानदास लामा, गायक अस्मान लोप्चन, रेस्मा बम्जन,गायक प्रदिप लामा गायक विहिन दोङ,गायक ओम तामाङ ,गायिका श्री लोप्चन,मोडल मिलन थिङ, गायक विनु लामा, गायक सन्तोष लामा लगायत अन्य अतिथिहरुक‍ो उपस्थिति रहेको थियोे ।

गायक तथा संगीतकार विशाल काल्तानको सभापतित्वमा सम्पन्न कार्यक्रम सञ्चारकर्मी सुदिन दोङले सञ्चालन गरेका थिए। यस म्युजिक भिडियो गीतलाई पुजा तामाङ अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरेका छन् ।

भिडियो हेर्नुस् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।