काठमाडौ । तामाङ चलचित्र लामो समयपछि एकपक्ष अर्को हुदै प्रदर्शन आएको छ। त्यसैगरी १७ गते शुक्रबार “दार्बुङ”को ट्रेलर सार्वजनिक भएको छ।

तामाङ चलचित्र संघका अध्यक्ष कुमार मोक्तानको प्रमुख आतिथ्यतामा बाैद्व जोरपाटी स्थित म:म प्लाजामा एक विशेष पत्रकार सम्मेलन मार्फत तामाङ चलचित्र असार ३२ गते राष्ट्रिय नाचघर जमल काठमाडौमा विशेष प्रदर्शन गर्ने निर्माण पक्षले जानकारी दिएका छन्।

नायक सन्जय हुत्तको कथा र निरमाया घिसिङको लेखन रहेको चलचित्रलाई लोसाङ लामा र इकेस लामाको संयुक्त निर्मातामा निर्माण गरेका हो भने सह-निर्मातामा पर्खाई मोक्तान र भुईसाल लामा रहेका छन् ।

उक्त चलचित्रमा वरिष्ठ कलाकार स्वर्गीय जयनन्द लामा र नायकमा हुत्त सञ्जय र नायिका सुनिता लुङ्वाले मुख्य भुमिका निर्वाह गरेका छन् ।चलचित्रमा मान बहादुर तामाङ, सिर्जना गोले,डोमो ह्योल्मो,मायादेवी मोक्तान, भुईसाल लामा, राजकुमार तामाङ,इन्द्रबहादुर स्याङतान, दोर्जे मोक्तान ,करेशा वाइवा,सुस्मिता तामाङ, राम तामाङ,पेमा योञ्जन तामाङ, दिपेश लामा, रुदेन माझी, हिरन माझी,क्रीष्टल मगर,सुनमाया तामाङ तथा लगायतका कलाकारहरु भुमिका निर्वाह गरेको छ।

त्यसैगरी प्रदर्शनको तयारीमा रहेको चलचित्रमा एउटा गरिब परिवारमा जन्मेका अशक्त युवाको जीवन यापनका दाैरानमा भोगेका वास्तविक कथा र तामाङ समुदायको परम्परागत चालचलन मामा चेला र फूपू चेली विचको प्रगाढ सम्बन्धलाई चलचित्रले चित्रण गरेको चलचित्रको मुख्य सन्देश रहेको निर्देशक तथा नायक हुत्त सञ्जयले पत्रकारहरुलाई जानकारी दिएका थिए।

चलचित्रको निर्देशन हुत्त सञ्जय र अर्जुन खड्का द्वारा निर्देशित गरेको चलचित्रमा द्वन्द्वमा सुरज श्रेष्ठ रहेको छ।
सम्पादन अर्जुन खड्का मिक्सिङ दिपक तामाङ,छायांकन प्रजल ,राहुत मेकअप नरेश खरेल रहेको छ ।चलचित्रको पाश्र्व संगीत कर्साङको नै रहेको छ।

चलचित्रमा एउटा गीत रहेको छ। शब्द सम्झना लामा र बुद्ध ब्लोन तामाङको हो भने गीतमा संगीत कर्साङ लामाको रहेको छ। उक्त गीतमा बबिता पाख्रिन, पुजा लामा, आकाश ब्लोन, कार्साङ लामाको आवाज रहेका छन् ।

यस दार्बुङ चलचित्रमा अभिनित वरिष्ठ कलाकार जयनन्द लामा भने निधन भइसकेको छ।भने उक्त पत्रकार सम्मेलनमा चलचित्रकर्मी र पत्रकारको विशेष उपस्थिति रहेको थिए।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।