म्हेन्दोमाया समाज कतारको तेस्रो अधिवेशन शुक्रबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । अघिवेशनले सञ्जय डिम्डुङ तामाङको १७ सदस्यीय नयाँ समिति निर्वाचित भएको छ ।

समाजको प्रथम उपाध्यक्षमा गुर्व लामा‚ द्वितीय उपाध्यक्षमा मोइराम तामाङ‚ सचिवमा गणेश रुम्बा तामाङ सह–सचिवमा गंगासिं तामाङ‚ कोषाध्यक्षमा राम थोकर र सह–कोषाध्यक्षमा भीम मम्बा तामाङ निर्वाचित भएका छन् ।

त्यसैगरी अधिवेशनले सदस्यहरू कुसुम लोप्चन‚ सोमनदोर्जे पाख्रिन‚ प्रदीप थिङ तामाङ‚ नवराज बोम्जन ‚मानबहादुर तामाङ‚ अस्मिता तामाङ‚ अशिका तामाङ‚ सबिन तामाङ (सानो गोर्खे)‚ चित्र बहादुर तामाङ र सिजन तामाङ चयन गरेको छ ।

नयाँ निर्वाचित कार्यसमितिलाई निर्वाचन संयोजक तेज मोक्तान तामाङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि तामाङ समाज कतारका अध्यक्ष सुवास तामाङ, विशेष अतिथिमा छिमेकी मार्टका अध्यक्ष शंखलाल तामाङ, तामाङ समाज प्रमुख सल्लाहकार धिरेन तामाङ, नेपाली समाज कतार अध्यक्ष तेज मोक्तान तामाङ लगायतले नयाँ कार्यसमितिलाई बधाई सहित शुभकामना दिएका थिए ।

कार्यक्रमको सभाध्यक्ष प्रकाश मम्बा तामाङले गरेका थिए भने महासचिव तामाङले सञ्चालन गरेका थिए ।

म्हेन्दोमाया समाज नेपाल प्रवासी तामाङ समाज कतारको संरक्षकत्वमा स्थापित भएको हो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।