वागमती प्रदेशको युवा तथा खेलकुद मन्त्री रत्न ढकालको पहलमा काभ्रे जिल्लामा ‘एक–वडा, एक–खेलमैदान’ को योजना सफल हुने भएको छ । आर्थिक वर्ष २०७९।०८० मा प्रदेश सरकारको तर्फबाट मन्त्री ढकालले सबै वडाहरुमा खेलमैदानको लागि बजेटको व्यवस्था गरेपछि उक्त योजना सफल हुने भएको हो ।
मन्त्री ढकालले जिल्ला भरिमा ५९ वटा योजनामा बजेटको व्यवस्था गरेको छ । खेलकुद विकासको लागि काभ्रे जिल्लामा यसरी बजेटको व्यवस्था भएको पहिलो पटक हो ।
युवा र खेलकुद एक अर्कामा अन्तर सम्बन्धित विषय भएकोले अनुशासन, गतिशिलता र विकासको लागि आफूले सकेको पहल गरेको मन्त्री ढकालले बताए । काभ्रेमा खेलकुद विकासको लागि अब कुराले होइन, व्यवबहारले नै पहल शुरु भएको बताउँदै अब खेलकुद जगतमा आफूले बनाएको योजनाहरु कार्यन्वयन भएपछि एउटा कोशेढुंगा सावित हुने बताए ।
यी हुन् खेलकुद क्षेत्रमा विनियोजन गरेको बजेट
१. खानीगाँउ खेलमैदान तेमाल गा. पा.-१ रु. १० लाख
२. सिमलचौर खेलमैदान तेमाल गा. पा.-२ रु. १० लाख
३. वडास्तरीय खेलमैदान तेमाल गा. पा.-३ रु. १० लाख
४. नारायणस्थान खेलमैदान तेमाल गा. पा.-५ रु.१० लाख
५. मेच्छेपौवा खेलमैदान तेमाल गा. पा.-९ रु. १० लाख
६. मनकु ठुलोपोखरी वाङथाली खेलमैदान चौरीदेउराली गा. पा.-१ रु. १० लाख
७. भुत्तेढुङ्गा जिम्मल टोल खेलमैदान चौरीदेउराली गा. पा.-५ रु. १५ लाख
८. तिर्थ स्मृति खेलमैदान डीपीआर खेलमैदान चौरीदेउराली गा. पा.-५ रु. १० लाख
९. सहारेपोखरी खेलमैदान निर्माण चौरीदेउराली गा. पा.-५ रु. १५ लाख
१०. देउराली खेलमैदान चौरीदेउराली गा. पा.-६ रु. १० लाख
११. वडा स्तरीय खेलमैदान माँदन चौरीदेउराली गा. पा.- रु. १० लाख
१२. तिर्थ स्मृति खेलमैदान निर्माण बहुवार्षीय चौरीदेउराली गा. पा.-६ रु. ९० लाख
१३. गोठपानी विर्ता खेलमैदान निर्माण चौरीदेउराली गा. पा.- रु. १० लाख
१४. तालिख खेलमैदान निर्माण रोशी गा. पा.-१ रु. १० लाख
१५. पोटादोभान खेलमैदान रोशी गा. पा.-५ रु. १५ लाख
१६. थुम्का डाडा खेलमैदान निर्माण रोशी गा. पा.-७ रु. १० लाख
१७. कामीडाँडा खेलमैदान रोशी गा. पा.-७ रु. १० लाख
१८. कार्तिके खेलमैदान रोशी गा. पा.-९ रु. १० लाख
१९. शहिद स्मृति मादलटार खेलमैदान निर्माण रोशी गा. पा.-११ रु. १० लाख
२०. घ्याङलेख खेलमैदान रोशी गा. पा.-१२ रु. १० लाख
२१. धाप खेलमैदान गोकुले महाभारत गा. पा.-२ रु. १० लाख
२२. वेशीटोल खेलमैदान महाभारत गा. पा.-२ रु. १० लाख
२३. चौडिक खेलमैदान निर्माण महाभारत गा. पा.-५ रु. १० लाख
२४. देवीटार कभर्डहल महाभारत गा. पा.-६ रु. ६० लाख
२५. उदयाउने खेलमैदान महाभारत गा. पा.-७ रु. १० लाख
२६. फुलड़ाँडा खेलमैदान निर्माण खानीखोला गा. पा.-४ रु. १० लाख
२७. तालढुंगा खेलमैदान निर्माण खानीखोला गा. पा.-५ रु. २० लाख
२८. महाँकाल खेलमैदान निर्माण खानीखोला गा. पा.-७ रु. १० लाख
२९. धाप्ले खेलमैदान निर्माण खानीखोला गा. पा.-७ रु. १० लाख
३०. बेथानचोक खेलमैदान डीपीआर समेत निर्माण बेथानचोक गा. पा. रु. १० लाख
३१. सिमपानी खेलमैदान भुग्देउ बेथानचोक गा. पा.-६ रु. १० लाख
३२. ठाँटीथोक खेलमैदान नमोबुद्ध न. पा.-१ रु. १० लाख
३३. नमोबुद्ध कभर्डहल घेरावार मर्मत सम्भार नमोबुद्ध न. पा.-४ रु. १५ लाख
३४. पिपलटार कभर्डहल निर्माण नमोबुद्ध न. पा.-८ रु. २५ लाख
३५. गहते डीहि खेलमैदान नमोबुद्ध न. पा.-९ रु. १० लाख
३६. कुरुगाँउ खेलमैदान नमोबुद्ध न. पा.-११ रु. १० लाख
३७. चौरेल चौर धुलिखेल न. पा.-२ रु. ३० लाख
३८. कोर्खिला या इतिपुखु कभर्डहल निर्माण धुलिखेल न. पा.-६ रु. ३० लाख
३९. कभर्डहल निर्माण आरूबोट धुलिखेल न. पा.-११ रु. १० लाख
४०. चामुण्ड खेलमैदान बनेपा न. पा.-३ रु. १० लाख
४१. आतबारे खेलमैदान निर्माण बनेपा न. पा.-३ रु. १० लाख
४२. चिहाने खेलमैदान बनेपा न. पा.-४ रु. १० लाख
४३. खेलमैदान र कभर्डहल निर्माण बनेपा न. पा.-४ रु. १० लाख
४४. पोलिटेक्निक खेलमैदान स्तरोन्नति बनेपा न. पा.-५ रु. १० लाख
४५. एसोएस बालग्राम खेलमैदान मर्मत बनेपा रु. १५ लाख
४६. बदले चौर कभर्डहल निर्माण पनौती न. पा.-२ रु. २० लाख
४७. रुम्टी खेलकुद मैदान निर्माण पनौती न. पा.-४ रु. १० लाख
४८. खर्कडाँडा सापिङ खेलमैदान भुम्लो गा. पा.-१ रु. १० लाख
४९. गिद्दे डाँडा खेलमैदान भुम्लो गा. पा.-२ रु. १० लाख
५०. चौरकुना खेलमैदान भुम्लो गा. पा.-५ रु. १० लाख
५१. खेलकुद मैदान निर्माण पाँचखाल न. पा.-१ रु. १० लाख
५२. बलराम स्मृति खेलमैदान पाँचखाल न. पा.-६ रु. १५ लाख
५३. घुमाउने चौर कभर्डहल निर्माण पाँचखाल न. पा. रु. २० लाख
५४. रानीवन छाप खेलमैदान निर्माण मण्डनदेउपुर न. पा.-१ रु. १० लाख
५५. मुकुन्द चौर खेलमैदान निर्माण मण्डनदेउपुर न. पा.-२ रु. १० लाख
५६. मेसागाँउ मुकुण्डे शहिद स्मृति खेलकुद मैदान निर्माण मण्डनदेउपु न. पा.-२ रु. १० लाख
५७. सर्वाझाङ खेलकुद मैदान निर्माण मण्डनदेउपुर न. पा.-४ रु. १० लाख
५८. खेलमैदान नगरस्तरीय डीपीआर निर्माण मण्डनदेउपुर न. पा. रु. १० लाख
५९. काभ्रे जिल्ला खेलकुद विकास समिती भवन निर्माण रु. १ करोड़
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























